© २०२३
बुटवल, १८ असोज । चाडपर्वमा हुने अपराधिक र चोरीका घटनाहरु रोक्ने गरि लाग्न प्रहरीप्रशासनसंग रुपन्देहीका ब्यवसायीहरुले आग्रह गरेका छन । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा चाडपर्वलाई लक्षित गरि शान्ति सुरक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले आर्थिक मन्दीका कारण पिडामा रहेका ब्यवसायीमाथि थप सुरक्षा चुनौती आईपरेको दुखेसो गरे ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका लेखनाथ भण्डारीले अहिलेको समय बजार बचाउने अभियानमा सबै सरोकारवाला एक हुनुपर्ने बताए । ‘बजार बचाउने सकेमात्र बजार गुलजार बनाउन सकिन्छ ।’—उनले भने । अधिकास होटल ब्यवसायीहरु समस्याबाट गुज्रिरहेको भन्दै उनले आर्थिक घरभाडा, बोर्ड कर लगायतका भारबाट स्थानिय सरकार राहत दिनुपर्ने आग्रह गरे । ‘अहिले यो बोझ भएको छ ।’—उनले भने । करको विषयमा स्थानिय जनप्रतिनिधिहरुको दोहोरो कुरा आएको भन्दै राज्य परामर्श समितिमा एकप्रकारको निति र ब्यवहारमा फरक गर्नु गलत भएको उनले बताए । ब्यवसायीहरु आफ्नो अधिकार र दायित्वलाई पनि निर्वाह गर्न जरुरी रहेको उनको तर्क छ । राजनितिक दलहरु होटल ब्यवसायको हकहितको पक्षमा साथ नदिदा आफुहरु दुखित भएको उनले बताए । धेरै ठगी र आत्महत्याका घटनाहरु होेटलमा हुने र यसबाट होटल ब्यवसायीहरु नै समस्यामा पर्ने गरेको उनले दुखेसो गरे ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजय पण्डितले चाडबाडमा हुने अपराधिक घटनालाई रोक्ने गरि प्रहरी खटिएको दाबी गरे । ‘प्रहरी चनाखो भएर जनताको सेवामा सक्रिय भएको छ ।’— उनले भने । अनावश्यक हल्ला र प्रचारका कारण धेरै ठगिने गरेको भन्दै उनले सत्यतथ्य सुचनामा मात्र विश्वास गर्न उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष मोदनाथ बेल्बासेले होटल ब्यवसायीहरु बिगत ७–८ बर्षयता संकटमा परेको बताए । होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुले शान्ति सुरक्षा र आर्थिक समस्याका कारण पेशा धरापमा परेको दुखेसो गर्दै यसबाट उकास्ने गरि सरकारबाट नीतिगत योजना ल्याउनुपर्ने बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरिक्षक बिष्णु बस्नेत, संघका पुर्व अध्यक्ष रामप्रसाद गौतम, महासचिव अर्जुन थापाले समुदायमा सबै जना सरोकारवालाहरु साथसाथ हिडे सफलता मिल्ने भन्दै सहकार्यको वातावरण निमार्ण गर्नतर्फ ध्यान दिनुपर्ने बताए । संघमा हाल जिल्लाभरि १२६० ब्यवसायीहरु आवद्ध छन ।