ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

तिलोत्तमा व्यापार संघमा शुभकामना कार्यक्रमः खुला सीमा नियन्त्रण गर्न माग

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

तिलोत्तमा, १८ असोज ।

तिलोत्तमा व्यापार संघले विजयादशमी, दीपावली, छठ एवं नेपाल संवतको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका नवआगन्तुक प्रमुख प्रेमराज पोखरेललाई स्वागत एवं सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले यहाँको व्यवसाय खुला सीमानाका कारण धरासायी बन्दै गएको बन्दै खुला सीमा नियन्त्रणतर्फ संघीय सरकारले अग्रसरता लिनुपर्ने बताइएकी थिइन् । उनले स्वदेशी बजार फस्टाउन सकेमात्रै मुलुकमा आर्थिक गतिविधि चलायमान हुने भन्दै त्यसका लागि स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर व्यवसायीमैत्री वातावरणको निर्माण गर्ने बताइन् ।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष जेपी कंडेलले चाडपर्वहरुको आगमनसँगै मुलुक आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाइहरु अन्त्य हुन सकोस् भनी शुभकामना दिए । साथै उनले आगामी दिनमा व्यवसायीहरुको हकहितका साथै सामाजिक क्षेत्रमा समेत तिलोत्तमा व्यापार संघले आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेलले अवेध कारोबारलाई राजस्वले कहिल्यै प्रश्रय नदिने भन्दै सही व्यापार व्यवसाय गर्न र कर सम्बन्धी व्यवसायीले भोगेका कठिनाईलाई संबोधन गर्दै राजस्व कार्यालयको ढोका सधै खुला रहेको बताए ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले बिगतमा १०० रुपियाँको सामान ल्याउँदा भन्सार शुल्क तिर्ने व्यवस्था लागू भएपनि अहिले भने त्यो कागजमा मात्रै सीमित भएको भन्दै खुला सीमा नियन्त्रण नगर्ने हो भने यहाँको व्यापार व्यवसायमा अझै ठूलो गिरावट आउने बताए ।
त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, उद्योग व्यापार संगठन रुपन्देहीका सचिव गौतमकुमार गुप्ता, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक सुनिल थापा नेपाली, संघका कानुनी सल्लाहकार नुमेन्द्र पौडेल, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, उपाध्यक्ष मानबहादुर बर्मा लगायतले बोल्दै सस्थाले लिएका उद्देश्य, लक्ष्य र कार्ययोजनालाई सार्थक बनाउन आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?