© २०२३
दाङ ।
दाङको देउखुरीमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु भएएको छ । मोटरसाइकलको ठक्करबाट लमही नगरपालिका ६ कुलामोहर बस्ने ४६ वर्षीय मंगल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुन । मोटरसाइकलले हिजो विकलाई ठक्कर दिएको थियो ।
हिजो बिहिबार पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा लमही नगर विकास समितिका कार्यालय सहयोगी विक गम्भीर घाइते भएका थिए ।
घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका ८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।