ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

कोरोनाको नयाँ भेरियन्ट र सावधानी

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

बेलायत, अमेरिका लगायतका युरोपेली मुलकहरुमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको भन्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोनाबाट सावधानी अपनाउन आग्रह गर्दै खोप अभियान सुरु गरेको छ । सरकारले नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेपछि एकपटक फेरी कोरोनाले संशयको अवस्था उत्पन्न गर्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेर कोरोना परास्त गर्न सकिने आत्मविश्वास बढाउने काम गरेको छ, जुन अत्यन्त सकारात्मक छ । कोरोना जोखिम बढेकोले विभिन्न स्थानीय तहले खोप अभियान सञ्चालन गरेर नियन्त्रणको पूर्व तयारी गरेका छन् । कोरोनाबाट बच्ने सवैभन्दा सुरक्षित उपाय भनेको खोप नै भएकोले खोप लगाउने अभियानमा कोही पनि नछुटौं । सरकारले समेत अहिले सबै स्थानीय तहलाई खोपको आवश्यकता अनुसारको विवरण टिपाउन अनुरोध गरेको छ । अमेरिका र बेलायतमा फेला परेको नयाँ भेरिएन्टलाई चिकित्सकहरूले पुरानो भन्दा धेरै छिटो फैलिने भन्दै सतर्क रहन अनुरोध गरेका छन । युरोपेली मुलुकमा अहिले कोरोनाको दैनिक संक्रमणको दर बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले औपचारिकरुपमा विज्ञप्ती नै निकालेर कोरोनाबाट स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । अव आम जनता अझै सचेत बन्नु जरुरी छ ।

कोरोनाबाट बच्नका लागि हरेक नेपालीले मास्क अनिवार्य लगाउने बानी बसालियो भने त्यसले संक्रमण बढ्न नदिन ठूलो भूमिका खेल्न सक्छ । अव हरेक नेपालीले स्वास्थ्यका मापदण्ड पालनामा जोड दिनु जरूरी छ । फेरीपनि उही लापरवाही गरियो भने संक्रमण फेरी बढ्न सक्छ । त्यसकारण सचेतना जरुरी छ । अहिले आम नेपालीलाई मास्क लगाएर हिँड्न असजिलो लागेको छ । उता सरकार नियन्त्रणको औपचारिकतामा सीमित छ । सरकार एकातिर जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ नगर्न जनतालाई आग्रह गर्छ, तर स्वयं भने त्यसको बेवास्ता गरिरहेको देखिएको छ । कोरोना संक्रमणले पद हेर्दैन र ओहदा चिन्दैन, जहाँ भीडभाड हुन्छ उहीं रमाउँछ ।

कोरोनाको नयाँ स्वरूपको भेरियन्टले स्वास्थ्य जोखिम बढाउन सक्ने भएकोले अव आम नेपाली जनता सतर्क र सजग हुनु आवश्यक छ । स्वास्थ्य मापदण्ड पालना गर्न सकियो भने कोरोना संक्रमण घटाउन सहयोग नै पुग्छ । अर्कोतर्फ भारतबाट आउनेहरूमा पनि स्वास्थ्य मापदण्ड पालना र चेकजाँच आवश्यक छ । विज्ञहरुले अझैपनि यस खालको भाइरसले निकै संक्रामक रूप देखाउने तथा सबै उमेर समूहलाई गम्भीर बिरामी बनाउन सक्ने सम्भावना कायमै रहेकोले अझै सचेत बन्नुपर्ने औंल्याइरहेका छन् । सरकारले अपनाउनुपर्ने सुरक्षा, जनशक्तिको व्यवस्थापन, उपचारका लागि आवश्यक अस्पताल, स्वास्थ्य केन्द्र, पीसीआर परीक्षण, आइसोलेसन लगायतका विषयमा अझैपनि सचेत हुनु जरुरी छ ।

जनशक्तिको थप व्यवस्थापन, औषधि, अक्सिजन, एम्बुलेन्सको व्यवस्थापन अझै राम्रो गर्नु आवश्यक छ । अव हाम्रो ध्यान खुला सिमाना, विदेशबाट आउने व्यक्तिहरुको निगरानी, परीक्षण, सचेतना अभिवृद्धि आदिमा जानु जरुरी छ । होइन भने फेरिपनि विगतको जस्तै अवस्था दोहोरियो भने त्यो दुर्भाग्य हुनेछ । नेपाल सरकार र सम्वन्धित निकायको ध्यान जाओस् । नेपालीहरुको महान चाड बडादशैं नजिक आएकोले अहिले विदेशबाट स्वदेश फर्किनेहरुको भीड नै लागेको छ । यो बेला विदेशबाट आउनेहरुबाट कोरोना संक्रमण फैलिनसक्ने चुनौति छ । तसर्थ अहिले सवै नेपाली जनताले स्वास्थ्य मापदण्ड पालना गर्नेतर्फ हेलचेक्राई गर्नु हुँदैन । सवै नेपालीले कोरोनाबाट बच्न सावधानी अपनाएको अवस्थामा संक्रमण आफै हराउन सक्ने भएकोले सतर्कता आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?