© २०२३
बुटवल ।
भैरहवामा डिएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका–७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो ।
त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा रहेर बुलेट मोटरसाइकलको विक्री वितरण सुरू गरेको सञ्चालक नरेश जिसीले जानकारी दिए । बुलेट मोटरसाइकलको पछिल्लो समय युवा पुस्ताको रोजाइमा छ । दसैँको अवसर पारेर सुरु गरिएको सोरुममा २० वटा विक्री भइसकेको र २५ वटा बुकिङ भएको सञ्चालक जिसीले जानकारी दिए । बुलेट मोटरसाइकल नेपालमा पनि एसेम्बल भइरहेको छ ।
मोटराइकल खरिद गर्दा एसोसरिजमा ४० प्रतिशतसम्म छुट रहेको छ । प्रालिमा ५ वटा मोडलका मोटरसाइकलहरु रहेका छन् । ३५० सिसिदेखि ४५० सिसीसम्मका मोटरसाइकलको मूल्य ४ लाख ८३ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म मूल्य छ । बुलेट किन्ने युवाका लागि गर्दा उत्कृष्ट सोरुम र सर्भिस सेन्टर रहेको छ । युवा उद्यमी जिसी सानै उमेरदेखि व्यवसायमा जमेका छन् ।
अनुभवी जिसीले बेनली बाइक, टयाक्टर सोरुम सञ्चालन लरेपछि अहिले रोयल रोयल इन्फिल्ड मोटराइकल विक्री थालेका हुन् । शोरुम उदघाटन सत्रमा भैरहवाका विभिन्न ठाउँमा मोटरसाइकल ¥यालीले परिक्रमा गरी डिएन मोटर्समा टुंगिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी