© २०२३
सुर्खेत ।
सुर्खेतमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योती वलीको माटो खन्दै गर्दा ज्यान गएको हो ।
आज (बिहीवार) बिहान दसैँको घर सजावटको लागि घर नजिकै रहेको खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
खड्काका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको विषयमा थप अनुसन्धान भएको उनले बताए ।