© २०२३
बुटवल, १७ असोज ।
लामो समयम सम्म विदेशमा सुन्दरता सम्बन्धी अनुभव बटुलेकी देविनगरकी आश्मा पाण्डेयले बुटवलको अमरपथमा उच्च स्तरको सेवा सुविधा सहित द ब्यूटी वल्र्ड पार्लर मेकअप ट्रेनिङ एण्ड सर्भिस सेन्टर सञ्चालन गरेकी छन् । उनले विदेशमा सिकेको सीपलाई आफ्नै देशमा लगानी गर्ने र यो क्षेत्रमा जोडिन चाहनेहरुका लागि अवसर सृजना गर्ने गरेको बताइन् । उनले आफनो टेनिङ सेन्टरमा सिकेर १३ जना विदेश गइसकेकोर अरु पनि जाने तयारीमा रहेको बताइन् । यहाँ विदेश गएकाहरु विदेशमा सहयोगी होइन त्यहाँ प्रशिक्षककै रुपमा काम गर्ने गरी तयारीमा गएको बताइन् ।
यहाँ कम आर्थिक अवस्था भएका र ब्यूटी पार्लर सम्बन्धी ज्ञान लिन इच्छा भएका महिलाहरुलाई प्राथमिकतामा राखेर सीप सिकाइने संस्थाका संस्थापक सञ्चालक भगवान बस्नेतले जानकारी दिए । उनले पछिल्लो समयमा महिलाहरु रोजगारीका लागि विदेश गए पनि अरु क्षेत्रमा भने जस्तो अवसर नपाउने गरेको बताए । त्यसैले सीप अत्यन्त आवश्यक हुने गरेको बताए । आफ्नो सेन्टरमा तालिम लिइरहेकाहरुको आत्मविश्वास बढाउनका लागि विभिन्न समयमा उद्योगी महिलाहरुलाई निमन्त्रण गरेर अनुभव सटासाट गर्ने गरेको बताए ।
त्यसैगरी सेन्टरमा छाला सम्बन्धी चिकित्सकहरुलाई बोलाएर जानकारी लिने र पार्लरमा उपचार सम्भव नहुने अवस्थामा अस्पतालमा सिफारिस गर्ने गरेका छौ । सेन्टरले वर्षमा एक पटक आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई निशुल्क तालिम दिने गरेको बताए । उनले स्थानीय सरकार र विभिन्न संघ संस्थासँगको सहकार्यमा तालिम सेन्टर सञ्चालन हँुदै आएको बताए । सेन्टरको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेको छ । यसको देशका विभिन्न स्थानमा ४० वटा शाखा रहेको बस्नेतले जानकारी दिए ।