ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

‘ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान चाहियो’

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बुटवल, १७ असोज ।
बुटवलको ज्वोतिनगर क्षेत्रको पहिरो प्रभावितहरूले दिर्घकालिन समस्या समाधानको लागि सरकारले आवश्यक कदम चाल्न ढिलाई भएको बताएका छन् । लुम्बिनी प्रदेशको कृषि, वन तथा वातावरण समितिले बुटवलको ज्योतिनगरको पहिलोको स्थलगत अनुगमनको क्रममा स्थानीय समेत रहेका वडा अध्यक्ष विष्णु प्रसाद ढकालले स्थानीय तहको पहलमा केही प्रयास भएपनि यसले दिर्घकालिन समस्या नटरेको भन्दै समस्या समाधानको लागि प्रदेश, संघले पहल कदम उठाउपनुपर्नेमा बताएका हुन ।
समितिका सभापति विश्वप्रेम पाठकसहित समितिका सदस्य दुर्गाप्रसाद चौधरी, मिना बुढा मगर र शान्ती लोधले पहिरोको स्थलगत अवलोकन अवलोकन गरेका थिए ।

पहिरो प्रभावित स्थानीयहरूले ४ वर्षसम्म प्रदेश बुटवलमा हुँदा पनि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले चासो नदिएको बताए । साथै उनीहरूले सामान्य वर्षा हुँदा आफूहरू रातिमा जागाराम बस्नु पर्ने र जेसिबी चलाउनु पर्ने बाध्यता रहेको बताउँदै यसको समाधान गर्न पलह गरिदिन समिति सभापतिसँग आग्रह गरेका थिए । यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले ज्योतिनगर र लक्ष्मिीनगरको पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका एक्लै सम्भव नभएकाले प्रदेश र संघको सहयोग आवश्यक रहेको बताइन् ।

उपप्रमुख अर्यालले पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट जुन प्रकारको सहयोग हुनु पर्नेमा हो त्यो नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै प्रदेशको वन तथा वातावरण समितिले पहिरो नियन्त्रणको पहल गर्न समिति सभापतिसँग आग्रह गरेकी गरिन् । साथै उनले पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले गर्न सक्ने सबै प्रकारका काम गरेको बताइन् ।
यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकाल समिति सभापति नेतृत्वको अनुगमन टोलिलाई पहिरोले पारेको जोखिमको बारेमा जानकारी गराउँदै ज्योतिनगरबासीहरू पहिरोका कारण आक्रान्त भएको बताए ।

उनले वडाले पहिरोबाट हुने क्षतिको रोकथामका लागि नागरिकलाई सचेत गराउनका लागि वडा सदस्य अमृत खड्कालाई जिम्मेवारी दिएर काम गरेको समिति सभापतिलाई जानकारी गराए। स्थानीय र पहिरो प्रभावितहरूको गुनासो सुनेपछि समितिका सभापति पाठकले बुटवलको ज्योतिनगरको पहिरो नियन्त्रण र रोकथामका लागि प्रदेशले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगर पहिरो नियन्त्रणको दिर्घकालिन विज्ञहरूको सुझाव लिनेर सोही अनुसार काम गर्ने बताए ।

उनले समितिले प्रदेश सरकारलाई तत्काल पहिरोको रोकथाम लागि आवश्यक कदम चालन निर्देशन दिने बताए । साथै उनले आफुले ज्योतिनगरको पहिरोको बारेमा प्रदेशसभामा शसक्तm रूपमा आवाज उठाएर सरकारको ध्यानाकर्षण गराउने बताए ।
अनुगमनमा प्रदेशको वन निर्देशनालयका निमित्त प्रमुख यज्ञमुर्ती खनाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेय र संसदीय पत्रकार लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम गौतमलगायतको टोलि गएको थियो । वि.स. २०३५, २०५५ र २०७८ सालमा आएको पहिरोले ज्योतिनगर क्षेत्रमा क्षति पुराएको थियो भने पहिरोका कारण सयौँ घरपरिवार विस्थापित बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?