ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

शान्ति, सुशासन र विकास आजको आवश्यकताः गृहमन्त्री खाँण

१२ कार्तिक २०७९, शनिबार
१२ कार्तिक २०७९, शनिबार

भैरहवा, १२ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । उनले मुलुकमा तीव्र विकासको जरुरी रहेको जनाउँदै अब सबैले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । खाँणले जनभावना अनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाई विकसित बनाउन पाँच दलीय गठबन्धन गरिएको समेत दावी गरे ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार नेपाल पूर्वप्रहरी संगठन, जिल्ला समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको छलफलमा बोल्दै वर्तमान सरकार र गठबन्धनले मुलुकको हितका लागि काम गरेको र आउँदा दिनमा पनि गर्ने जनाए ।

खाँणले पूर्वप्रहरीहरुलाई अवकास पछि पनि गतिशील बनाउन सकिए राष्ट्र र स्वयं व्यक्तिसमेत लाभान्वित हुने जनाए । ‘सेवामा रहँदा होस् वा अवकास पछि होस्, यहाँहरुको भूमिका हरेक ठाउँमा अहम् हुनेगर्छ’, गृहमन्त्री खाणँले भने । उनले सरकारले सेवामा रहँदा वा नरहँदा प्रहरी र अन्य सबै कर्मचारीहरुको सम्मान गर्ने र उनीहरुको बृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, पाँच दलीय गठबन्धनले शनिबार भैरहवा र ओमसतियामा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थयसँगै कृषि क्षेत्रमा पनि प्रचुर सम्भावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । उनले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा आधुनिकीकरणसँगै क्षेत्र विस्तार जरुरी रहेको जनाए । ‘यसका लागि वर्तमान सरकार र निर्वाचन पछि बन्ने पाँच दली गठबन्धनको सरकार पनि कटिबद्ध हुनेछ’, खाँणले भने, ‘कृषि क्षेत्र फस्ट्यायो भने मुलुक पक्कै पनि आत्मनिर्भर बन्दै जानेछ ।’

उनले रुपन्देहीको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सेमलारमा देसकै ठुलो कृषि थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताए । उनले कृषि थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफूलजन्य बस्तुको उत्पादन बढ्ने र त्यसलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट कार्गोमार्फत बिदेश निर्यात गर्न सकिने उल्लेख गरे । मन्त्री खाँणले यसबाट हजारौँ रोजगारी सिर्जना हुने भन्दै उनले भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?