© २०२३
बुटवल ।
स्वर्गीय नारायण बहादुर थापाको स्मृृतिमा मृगौला पीडितहरुलाई निःशुल्क भोजन प्रदान गरिएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित रुपमा मृगौलाको डाईलाईसीस गर्दै आएका १०० जना मिर्गौला बिरामी लाई खाना खुवाइएको हो ।
स्व. नारायण बहादुर थापाको स्मृतिमा उनका धर्मपत्नी यमु थापा खाना सौजन्य गरेको मृगौला तथा मुटु पिडीत सरोकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण मल्लाले जानकारी दिए । कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष रमेश केसी, बरिष्ठ उपाध्यक्ष माधब प्रसाद श्रेष्ठ, सचिव समर बहादुर मल्ल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।