ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

रोहिणी गाउँ शिक्षा समितिको बैठकद्वारा विभिन्न निर्णय

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

भैरहवा, १५ असोज ।

रुपन्देहीको रोहिणी गाउँपालिकागाउँशिक्षा समितिको बैठक सम्पन्नभएको छ । गाउँपालिकाकाअध्यक्षतथागाउँशिक्षा समितिका संयोजकविद्या प्रसाद यादवको अध्यक्षतामा रोहिणी–३ धकधईस्थितगाउँकार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले शैक्षिकवर्ष २०८१ को प्रथम त्रैमासिक परीक्षाको लागिनतिजाअभिलेख राखीअध्ययन गर्ने निर्णय गरेको छ । त्यस्तै नतिजाको समीक्षा गर्ने, सुधारका लागि छलफल गरी सो को जानकारी स्थानीय सरकारका कार्यपालिका सदस्यहरु, सरोकारवाला, राजनीतिक दल, प्रधानाध्यापक, विद्यालयव्यवस्थापन समितिकाअध्यक्ष, सञ्चार जगतलाई गराउनुका सातै नतिजा सुधारका लागिविद्यालयहरुलाई दबाबदिने निर्णय गरिएको रोहिणी गाउँपालिकाशिक्षाशाखाप्रमुखमधु प्रसाद घिमिरेले बताए ।

त्यसै गरी प्रधानाध्यापकहरुलाई व्यापक रुपमा सशक्तिकरण गर्नुका साथै पूर्ण रुपमाजवाफदेहीबनाउने, विद्यालयव्यवस्थापन समितिले विद्यालयमानतिजा सुधारको लागिवातावरण बनाउने, गाउँशिक्षा समितिले नतिजा सुधार सम्बन्धमा गरेको सबै निर्णयलाई लिखित रुपमै विद्यालयलाई जानकारी गराउने, तोकिएको नतिजाहासिल गर्नका लागिप्रधानाध्यापक र विषयगतशिक्षकबीचकार्यसम्पादन करार सम्झौता गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

त्यस्तै गाउँशिक्षा समितिका सदस्यतारानाथ त्रिपाठीलाई विद्यालयअनुगमन गर्न लगाइ सुधारको लागिमार्गचित्रसहितको प्रतिवेदन पेश गर्न लगाउने बैठकले निर्णय गरेको गाउँपालिकाको शिक्षा, युवातथा खेलकुदशाखाकाप्राविधिक सहायक नारायण ढुंगानाले बताए ।

बैठकले पढाइको माध्यमअंग्रेजीविषयबाहेक अनिवार्य रुपमा नेपालीभाषाको प्रयोग गर्न आवश्यककार्य गर्ने, नतिजा सुधारका लागिविद्यार्थीहरुसमेत परिचालन गर्ने–गराउने र विद्यार्थी नियमितताको लागि स्थानविशेष अनुरुपको प्रयास गर्ने लगायत निर्णयहरु गरेको छ ।

बैठकमा बोल्दै रोहिणी गाउँपालिकाकाअध्यक्षतथागाउँशिक्षा समितिका संयोजकविद्या प्रसाद यादवले शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सबैले आफ्नो दायित्वबुझ्नुपर्छ । सबै जिम्मेवार बन्नुपर्छ । कडाइ गर्नुपर्छ ।’

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले प्रधानाध्यापक विद्यालयको प्रशासक रहेको बताए । उनले प्राथमिक तहदेखिको पढाइलाई मजबुत बनाउन सके शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले विषयगत शिक्षकले आफूले पढाएको विषयप्रति जवाफदेही र जिम्मेवार हुनैपर्ने बताए ।

बैठकमा गाउँशिक्षा समितिका सदस्यहरु तारानाथ त्रिपाठी, इन्द्र कुमार यादव, मुबारक अली, मनोज कुमार यादव, धनेश्वर कंवर, प्रेमनाथ त्रिपाठी, लक्ष्मीजि.सी.लगायतले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिकप्रयास आवश्यक रहेकोमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?