ट्रेंडिंग:

>> गणतन्त्रको विकल्प अरु हुन सक्दैन- डा.सिके राउत >> स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै >> नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोख्रेलको जवाफ- भारतमै ल्याए भयो ! >> विदेशी मुद्राको विनिमयदर: डलरसंगै युराेको भाउ उकालाे >> लक्जमबर्गका राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु >> शिक्षकहरुले राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिदै, आज कांग्रेसको पालो >> डोनाल्ड ट्रम्प, शान्तिप्रिय नै हुन् त ? >> युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु >> स्वच्छ खानेपानीको पहुँच कहिले ? >> औद्योगिक क्षेत्रको समस्याबारे जिससको ध्यानाकर्षण >> देशमै पहिलो विटुसी समिट बुटवलमा सूचना प्रविधियुक्त नभएको मानिस पछि पर्छः मेयर पाण्डेय >> शुद्धोधनमा पोषिलो खाना प्रदर्शनी मेला >> कार्यान्वयन नजिक पुग्दै प्रदेश राजधानी विकास गुरुयोजना >> रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरबमा आज वार्ता >> प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने >> मन्त्रिपरिषद् निर्णय: स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले >> कास्कीमा बिहानै भूकम्पको धक्का >> लायन्स बुटवल स्टार्सद्वारा पिपरा अस्पताललाई अत्याधुनिक मेसिन हस्तान्तरण >> दाङमा लागू औषधसहित तीनजना पक्राउ >> नविल बैंक सम्मरीमाई शाखाको नयाँ ठाउँबाट सेवा सुरु >> लागुऔषध नियन्त्रणका लागि तीन महिने कार्ययोजना >> विभेद र हिंसामा परेकाहरुलाई न्याय दिलाउने उपाय >> बुटवल हस्पिटल प्रालिद्वारा बाग्लुङको बरेङमा बृहत स्वास्थ्य शिविर >> रिब्दिकोट गाउँपालिकाको समग्र विकासबारे बुटवलमा सुझाव संकलन >> सैनामैना गोल्डकपः कपिलवस्तु ११ फाईनलमा प्रवेश >> विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक- मन्त्री यादव >> शिक्षक महासंघले गर्यो थप आन्दोलनको घोषणा >> सेयर बजारमा लगातार गिरावट, नेप्से २७५१ मा पुग्यो >> वीरेन्द्रनगरको होटलमा आगलागी >> मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना शिक्षकले आत्मदाहको प्रयास >> बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न प्रधानमन्त्रीको आग्रह >> स्ववियु निर्वाचनमा अवरोध गर्न खोजिएको भन्दै अनेरास्ववियु रुपन्देहीको आपत्ति >> उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप >> परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान >> मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व छ- प्रधानमन्त्री ओली >> तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती >> आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु >> वीर अस्पतालमा दुबै सिफ्टमा अप्रेसन सेवा सुरू >> राप्रपाले बुझायो महानगरले गरेको एक लाख जरिवाना >> परालको घुरले सप्तरीमा तीन घर जले, लाखौं क्षति >> राजतन्त्रको पक्षमा माहोल देखेको छैन- देउवा >> ६.५९० किलो चरेससहित पर्सामा तीन जना पक्राउ >> अदालतको अवहेलना गर्दै बद्री केसी, पूर्व अध्यक्षहरुलाई बोलाएर छुट्टै बैठक गर्दै >> राप्रपाले ज्ञानेन्द्रलाई फर्काउन चैत १ बाट फेरि आन्दोलन थाल्ने >> शाहरुख खानलाई आयकर विवादमा राहत >> महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक >> ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालले भने- यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन >> युक्रेन रुससँग अमेरिकी योजना अनुसार युद्धविराम गर्न तयार >> कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक >> आज कति पुग्यो सुनचाँदीको मुल्य ?

हवाई भाडा कम भएन, झुटो देखियो मन्त्रीको दाबी

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडाकम गरेको दाबि गरेपनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ ।

मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबि गरेको छ ।  पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत भएका दाबि गरिएको छ ।

तर वास्तवमा भने हवाई भाडामा कुनै कमी आएको देखिएको छैन । कुनै पनि हवाई कम्पनिको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिबारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु. ७२१६.१८ देखि ८१८४.५९ सम्म देखाएको छ । त्यस्तै इसेवामा बुद्ध एयरको ८५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ ।

यस अघि सामान्य अवस्थामा यो रुटमा सबै एयर लाइन्सले ५२ सयमा टिकट बेचिरहेका थिए ।

हवाई कम्पनिले अहिले सरकारले तोकेको अधिकतम मुल्यमा टिकट नबेच्ने घोषणा गरेपनि, मन्त्रीले भाडा घटाएको दाबी गरेपनि यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा भन्दा २ देखि ४ हजार बढी भाडा तिरिरहेको पाइएको छ ।

अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिंकाश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएको तथा दशैंको मौका छोपेर हवाई कम्पनीहरुले यात्रुलाई झन मार पारिरहेको स्पष्ट हुदा पनि मन्त्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्न छोडेका छैनन् ।

अहिले यात्रुले टिकट पाइरहेका छैनन् र पाएको टिकट पनि अन्य समयमा भन्दा ४ हजारसम्म बढी तिरेको स्पष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?