© २०२३
काठमाडौँ ।
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।
प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको उनले बताए। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी उनले दिए। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको तथा यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।