© २०२३
नवलपुर, १४ असोज ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडकखण्डको दाउन्नेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक भत्किँदा सडकको रिटेनिङ पर्खाल पनि भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रमाश बोहराले जानकारी दिए ।
त्यसैगरी विद्युतीय हाइ टेन्सन लाइन पनि सडकतर्फ खसेको छ । सडक डेढ फिट गहिरो भएको प्रहरीले जनाएको छ । शनिबार साँझ करिब ५ः१५ बजेदेखि अवरुद्ध भएको र सडक खुलाउन सडक डिभिजन र विद्युत कार्यालयसँग समन्वय भइरहेको बताइएको छ ।