© २०२३
झापा ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुमनले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।