ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

निर्माण व्यवसायीले माफी मागेपछि लुम्बिनीको विवाद समाधान, कोषले तत्काल भुक्तानी गर्ने

१३ आश्विन २०८१, आईतवार
१३ आश्विन २०८१, आईतवार

बुटवल, १३ असोज ।

लुम्बिनी विकास कोषका पदाधिकारीहरुमाथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरुले सार्वजनिक रुपमा लिखित क्षमायाचना गरेपछि उत्पन्न विवाद समाधान भएको छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेको बैठकमा कोषका पदाधिकारी, पूर्वमन्त्री, संघीय सासद र सरोकारवालाहरूको बैठकमा चार बुँदे सहमति भएको हो ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, रूपन्देही क्षेत्र नम्बर ५ का संघीय सासद वासुदेव घिमिरे, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पूर्वमन्त्री चन्द्रप्रकाश खनाल बलदेव, पूर्वमन्त्री वकिल मुसलमान, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, निर्माण व्यवसायीका तर्फबाट बाबुल निर्माण सेवाका तौफिक अहमद खान, लुम्बिनी अनक खड्का कृष्ण जेभिका देवराज गौतम, खानी अर्घाखाँची बाबुल निर्माण सेवाका सन्तोष अधिकारी, रमन गजुरमुखी रामजानकी जेभिका राजीव शाह, लामा एपेक्स कमलजितका प्रभातकुमार झा, सिद्वार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द ज्ञवाली, रूपन्देहीका प्रहरी प्रमुख रजितसिह राठौर लगायतले हस्ताक्षर गरि सहमति गरिएको हो ।

सहमतिमा कोषमा आगामी दिनमा यस्ता कृयाकलापहरु नगर्ने/नगराउने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ । यस्तै, असोज ८ गते भएको घटनामा संलग्न दोषीहरु उपर निष्पक्ष छानबिन गरी कारबाहीको प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।

यस्तै, निर्माण व्यवसायीहरुको तर्फबाट परिचालन हुने सव कन्ट्याक्टर लयायतका अन्य व्यक्तिहरुको जिम्मेवारी/जवाफदेहिता स्वयं निर्माण व्यवायीहरुले लिने, निर्माण व्यवसायीहरुले सम्पादित कार्यको नियमानुसार पाउने भुक्तानी तत्काल गर्ने व्यवस्था लुम्बिनी विकास कोषले मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीहरुले उप्रान्त घेराउ, धर्नालगायतका कृयाकलापहरु नगर्ने/नगराउने सहमतिसमेत भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। गत असोज ८ गते उपाध्यक्षसहितका पदाधिकारीलाई गालीगलौज गर्दै निर्माण व्यवसायी सम्बद्व व्यक्तिहरूले कोषाध्यक्ष र सदस्यसचिवमाथि हातपात र दुर्व्यहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?