ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

झ्याप्ले खोलाले खोस्यो विवेकको खुसी

१३ आश्विन २०८१, आइतबार
१३ आश्विन २०८१, आइतबार

बुटवल, १३ असोज ।

बुटवल कालिकानगरस्थित आफ्नो सानीआमाको घरमा बसेकी प्रमिता बुबाको श्राद्ध परेकाले काठमाडौं जाने तर्खरमा थिइन् । उनका श्रीमान विवेक काठमाडौंमा श्रीमती आउने पर्खाइमा थिए । प्रमिताका ससुरा बुवा बुटवल बसपार्कमा बसपार्कमा प्रमितालाई कुरिरहेका थिए । प्रमिता र उनका २ वर्षीय छोरालाई आफ्नो अंकलले बिहान ७ बजे काठमाडौं जाने लु २ ख ४५७८ नम्बरको विङ्गरमा चढाएर फर्किए । भारी वर्षाले ठाउँठाउँमा बाढी पहिरो आएको खवर सुनेकी प्रमिताकी सानीआमाले १÷१ घण्टामा फोन गरिराख्थिन् । उनले भक्कानिंदै घटना विवरण सुनाउँदै भनिन् ‘बाबु भर्खर हिड्न सुरु गरेको थियो, नानीलाई आज पानी आइरहेको छ, नजा नजा भनेको मानिन । विवेककी सानीआमा हिजो खबर पाएदेखि नै अचेतजस्तै भएर ढलिरहेकी छन् ।

विवेकले ३ वर्षअघि मात्रै आमा गुमाएका थिए । त्यसपछि उनी मामाहरुको छत्रछायाँ हुर्के । गुल्मी दरबार गाउँपालिका चारपाला घर भएका विवेकको खुसी शनिबार झ्याप्ले खोलाले खोसिदियो । झ्याप्ले खोलाको पहिरोमा विवेकले श्रीमती र छोरो मात्रै गुमाएनन्, बुबा पनि गुमाए । पहिरोमा परेका उनका बुवा विरबहादुर रायमाझी भारतमा सेवारत थिए । लामो समय दिल्ली बसेपछि उनी अब नजाने गरी यतै आएका थिए । तर पहिरोले उनलाई कहिल्यै नफर्कने गरी लिएर गएको छ । उनीसँगै लामो समय सँगै बसेका भाई पोषण पाण्डेले हिजो खबर पाएदेखि भावव्हिल छन् । ‘दाईलाई फोन गर्न सकिरहेको छैंन, तीनजनाकै लास शिक्षण अस्पताल, काठमाडौंमा राखिएको जानकारी आएको छ । मौसम खराबीको कारण काठमाडौ गईहाल्ने अवस्था पनि छैन ।’

विवेक गाउँमा कसैलाई अप्ठेरो पर्दा सहयोग गर्न सधै अग्रसर हुन्थे । तर आफ्नै परिवार पहिरोमा पुरिंदा न त उनले सहयोग गर्न पाए न त अन्तिम अवस्थामा अनुहार देख्न नै । आफूले जन्माएको २ बर्षको छोरो लिएर आफ्नो ससुरा वुबासँग काठमाडौं हिडेकी श्रीमती प्रमिता अब कहिल्यै नआउने गरी आफ्नो छोरोसहित सधैका लागि अस्ताएकी छन् ।

प्रमिता केही दिन अगाडि मात्रै आफ्नो नागरिकताको प्रतिलिपि बनाउन भन्दै काठमाडौंबाट गुल्मी आएकी थिइन् । गुल्मी झिरुबासकी प्रमिता भुसालले साढे ३ बर्ष अगाडि मात्रै विवेकसँग वैवाहिक सम्बन्ध गाँसेकी थिइन् । आमा गुमाएर परिवारको मायाबाट बञ्चित भएका विवेकलाई आमा र श्रीमतीको माया दिएकी थिईन प्रमिताले । प्रमिताको आगमन विवेकको लागि नयाँ जीवन थियो । २ बर्ष अगाडि उनले छोरा क्रिशलाई जन्म दिएकी दिइन् । लामो समय बुटवलको योगिकुटीस्थित शान्तिचोकमा बाईक अड्डा हुँदै फल्स सिलिङ्ग, नास्ता पसल लगायतबाट व्यावसायिक यात्रा गरेका विवेकले आफ्नो यात्रालाई अझ उचाईमा लैजान चहान्थे । त्यसैले झण्डै ६ महिना अगाडि मात्रै उनी काठमाडौंको थानकोटमा गई मोटरसाईकल मर्मत केन्द्र चलाइरहेका थिए ।

परिवारको सल्लाहमै काठमाडौं गएर व्यवसाय गर्ने निधो गरेका उनले हरेकदिन परिवारको खुसीको लागि धेरै संघर्ष गरे । राति १२ बजेसम्मपनि फोन उठिरहेको थियो । विवेकले फेसबुकमा भावुक हुँदै लेखेका छन् । ‘५ मिनेटमा लिन आउनु भन्थ्यौ, तर मलाई अर्को ठाउँमा बोलाएर तिमी कहाँ गयौं ?’

अविरल बर्षाको कारण धादिङको नौविसे नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा परी शनिबार मात्र १४ जनाको लास निकालिएको थियो भने आइतबार पनि सोही क्षेत्रमा अर्को बस पुरिएको अवस्थामा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?