Butwal Today

सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

१३ आश्विन २०८१, आइतबार
अ+
अ-

सोलुखुम्बु ।

सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ ।

सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिँउले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरुलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।