© २०२३
बुटवल, १३ असोज ।
पछिल्लो ३ दिनदेखिको लगातार वर्षाले रुपन्देहीका उद्योगहरुमा समेत क्षति पुगेको छ । रुपन्देहीको तिलोत्तमा क्षेत्रमा रहेका केही उद्योगहरु डुबानमा परेका छन । तिलोत्तमा नगरपालिका वडा नं. १७, कोटिहवामा रहेको लक्ष्मी स्टिल ईण्डस्ट्रिजमा वर्षाले सबैभन्दा ठूलो क्षति पुगेको छ ।
उद्योगभित्र ३ फुटसम्म पानी पसेर ताल बनेको छ । बाथरुम सेट, बेल्चा, हेल्मेटका पी फर्म लगायत उत्पादन गर्ने उद्योगका ३ दर्जनभन्दा बढी मेशिनहरू डुबानमा परेका आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले बताए ।
आवास ग्रुपको सो क्षेत्रमा ९ वटा फैक्ट्रीहरु छन । त्यसमध्येको लक्ष्मी स्टिलमा वर्षाले क्षति पुगेको हो । पानीमा डुबेका मेशिनहरु चल्ने अवस्थामा नरहेको हुदा विशेषज्ञबाट जाच गराएर मर्मत गर्नुपर्ने भएको छ । वर्षाको पानी उद्योग र कार्यालयहरूमा भरिएकोले पानी मोटर प्रयोग गरी फाल्ने प्रयास भइरहेको छ । अहिले उद्योगको उत्पादन प्रक्रिया, ढुवानी र कामदारहरूको आवागमनमा बन्द छ ।
यसबाट उद्योगलाई करोडौंको आर्थिक नोक्सान भएको छ । भविष्यमा यस्ता समस्याहरूबाट बच्न उद्योगले पानी प्रतिरोधी मेशिन र उपकरणहरूमा लगानी गर्नुपर्छ । अर्कोतर्फ उद्योग क्षेत्रमा जल निकासीको राम्रो व्यवस्था र निकासी पाइपहरूको क्षमता बढाउने साथै वर्षायाममा पानी रोक्न नदिने पर्खाल वा बाँधहरू निर्माणमा सरकारबाट बेलामा ध्यान दिनुपर्ने देखिन्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी