ट्रेंडिंग:

>> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक

बर्दियाको गाउँ बस्तीमा बन्यजन्तुको ओहोरदोहोर

१३ आश्विन २०८१, आईतवार
१३ आश्विन २०८१, आईतवार

बर्दिया, १३ असोज ।
बर्दिया– होसियार । बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान । कृपया ४० किमि प्रतिघण्टा भन्दा कम गतिमा सवारीसाधन चलाउनु होला । वन डिभिजन कार्यालय बर्दियाले सर्वसाधारणको जानकारीका लागि राखिएको सूचना बोर्ड वन क्षेत्रको होईन । गुलरिया नगरपालिका काटेपछि सुरु हुने मधुवन नगरपालिकादेखि कर्णाली कोठियाघाट पुलसम्मको हुलाकी राजमार्ग छेउछाउका गाउँहरूमा बन्यजन्तुहरू ओहोरदोहोर गर्ने स्थान भन्दै बोर्ड राखिएको छ ।

उक्त राजमार्ग भएर आउजाउ गर्नेहरूलाई बन्यजन्तुबाट जोगिनका लागि सूचना दिइएको हो । गाउँबस्ती भएर बन्यजन्तु आउजाउ गरेपछि सुरक्षा संबेदनशिलता बढेको हो । हुलाकी राममार्ग बन्नुअघि कच्ची सडक थियो । हाल राजमार्ग कालोपत्रे भइसकेको छ । उक्त क्षेत्रलाई खाता करिडोरका रूपमा चिनिन्छ । उक्त करिडोरले बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कर्तनीया सेन्चुरी संरक्षित क्षेत्रलाई जोडेको छ । त्यसैले खाता सरक्षित क्षेत्र भएर बन्यजन्तु ओहोरदोहोर बढी भएको हो ।

क्यामरा जडान गरेर अध्ययन गर्दा खाता क्षेत्रमा बन्यजन्तुको आउजाउ निकै बढी देखियो । तर गाउँ पनि त्यही छन् । गाउँसंगै जोडिएर संरक्षित वन पनि छन्,’ डिभिजन वन कार्यालय बर्दियाले भन्छ,‘त्यसैले बन्यजन्तु ओहोरदोहोर गर्ने स्थानमा सूचनाका लागि बोर्डहरू राखेका हो । यसले सुरक्षा संबेदनशिलतासंगसंगै सुरक्षाका लागि सचेत गराउन सहयोग पुगुको छ ।’

मधुवन नगरपालिकाको ढोढरी चोकहुँदै ओरली बजारसम्मको वन क्षेत्र हुँदै हुलाकी राजमार्ग बनेको छ । आसपासमा गाउँबस्ती छन् । त्यहाँ पनि बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भनिएको छ । ओरालबजारदेखि पश्चिमको खाता क्षेत्रलाई अझ संबेदनशिल मानिएको छ । खाता गाउँबाट कोठियाघाट पुलसम्मको करिव ५ सय मिटर दुरीसम्म वन क्षेत्र छ । त्यहाँ कालोपत्रे भइसकेको छ । कोठियाघाट पुल छेउमै वनभित्रै अर्को बस्ती छ ।

स्थानीयका अनुसार त्यस क्षेत्रबाट पाटे बाघ, चितुवा, हात्ती र गैंडा लगायका बन्यजन्तुहरू ओहोरदोहोर गर्दै आएका छन् । कुनैबेला दिनदहादै बन्यजन्तु आउजाउ गरेको देख्न सकिन्छ । तर सबैभन्दा बढी दुःख जंगली हात्तीले दिने गरेको छ । हात्ती रोक्नका लागि खाता क्षेत्रमा सिमिन्टको पर्खाल लगाइएको छ । बर्दिया राष्ट्रिय निकुन्जका अनुसार बन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा बस्ती भएकाले सुरक्षा संबेदनशिलता रहेको छ । बन्यजन्तुले अन्नबालीमा नोक्सानी पुर्याएका कारण मानव बन्यजन्तु द्धन्द्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?