© २०२३
सुनवल, १३ असोज ।
पचिम नवलपरासीको सुस्तामा तटबन्ध भत्काएर गएराती बाढि पसेपछि नारायणी पारीको सुस्ता गाउँ जलमग्न भएको छ । नारायणी नदिमा आएको बाढि सुस्ता गाउमा पसेपछि सुस्ताका झन्डै २ सय घर डुबानमा परेका छन् । १ नम्बर ठोक्कर नजिकै सैनिक टोलबाट नारायणीको बाढि बस्तीमा पसेको हो । सुस्तामा रहेका शसस्त्र र जनपथ प्रहरीको चौकि समेत डुबानमा परेको छ ।
सुस्ताको अधिकांश स्थान डुबानमा परेपछि रातभर स्थानिय सुस्तामा बनाइएको आश्रय स्थलमा बसेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिए । बाढीका कारण खाद्यान्न लत्ता कपडा डुबानमा परेकाले अहिले सुस्तावासीलाई समस्या भएको छ। स्थानिय प्रहरीको सक्रियतामा अहिले स्थानियलाइ राहत र पुनःस्थापनाको काम भइरहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् । नारायणी नदिमा अहिले पानिको बहाव भने केहि घटेको छ ।
राती ५ लाख ५६ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको पानिको बहाव अहिले ५ लाख २४ हजार क्युसेक रहेको छ । नवलपरासीमा अविरल वर्षा पछिको बाढिले बर्दघाटमा नौ वटा घर भत्किएको छ भने झन्डै २ हजार बिगाहामा लगाइको धान बाली डुबानमा परेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी