© २०२३
प्युठान, १३ असोज ।
नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले सदस्य किसानलाई मुर्राक्रस भैँसी वितरण शुरु गरेको छ । सहकारीका ३४ किसानलाई ४२ वटा भैँसी र १ वटा उन्नत जातको मुर्रा राँगो वितरण गर्ने कार्यक्रम अन्तर्गत शनिवारसम्म १० वटा भैँसी वितरण गरिएको सहकारीले जनाएको छ ।
सहकारीले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडर कार्यालय बुटवलको ५० प्रतिशत अनुदान र सदस्यहरूको ५० प्रतिशत लागत साझेदारी रहेको अध्यक्ष विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार सहकारीले पशुपाल्न इच्छुक सदस्य किसान आवदेन माग गरी आवेदन परेकाबाट ३४ किसान छनौट गरिएको हो ।
भैसी वितरण कार्यक्रमकामा बोल्दै प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले दुध र तरकारीका क्षेत्रमा प्युठान नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना रहेको जानकारी दिए । योगीले किसानले पाल्दै आएका भैँसीहरूको निःशुल्क बिमा गरिदिन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्युठान नगरपालिकाले प्रतिलिटरमा १० रूपैयाँ दुधमा अनुदान दिँदै आइरहेको बताए ।
नागवेलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडर कार्यालय बुटवल, भैँसी पालन दूध उत्पादन तथा बजारीकरण उप–आयोजनाको ६८ लाख र लाभग्राही कृषकको ६८ लाख गरी १ करोड ३६ लाखको परियोजना सञ्चालन गरेको छ ।
उक्त परियोजना अन्तर्गत भैँसी तथा राँगा वितरण सँगसँगै पूर्वाधार (गोठ) निर्माण, उन्नत भैँसी खरिद, मोटर सहित च्याँपाकटर खरिद, दाना मिल, मिल्क चिलिङ्गभ्याट, पावरटिलर खरिद, मिल्क एनालाईजर, औषधी खरिद, दाना खरिद, सिप तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन हुने पाण्डेले जानकारी दिए । किसानले पाउने ४२ मुर्रा क्रस भैँसी मध्ये ३२ वटा भैसी अर्को हप्ता सम्म आउने पाण्डेको भनाइ छ ।