ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रोटरी बुटवलद्धारा हस्तान्तरण क्याथ ल्याबको सेवा प्रभावकारी

लुम्बिनी प्रदेशमा नै रोटरी क्लब अफ बुटवलले मुटु रोग उपचारमा टेवा दिने गरि करीब ६ करोड रुपैया लागतको परियोजनामार्फत हस्तान्तरण भएको क्याथ ल्याबबाट झण्डै ११ सय मुटुका विरामीले सेवा लिएका छन ।
१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

बुटवल, १२ असोज । रुपन्देहीलाई स्वास्थ्य क्षेत्रको हबका रुपमा पहिचान दिन स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि र विशिष्टिकृत सेवा अघि बढाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । रोटरी क्लब अफ बुटवलका पदाधिकारीहरुले शनिबार गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा अन्तरक्रिया तथा क्लबको १५३३ औ नियमित बैठक गरि नीजि र सामुदायिक लगानीबाट संचालन भएका स्वास्थ्य संस्थाहरुलाई विशिष्टिकृत सेवा दिने गरि अघि बढाउनुपर्ने सुझाव दिए ।

लुम्बिनी प्रदेशमा नै रोटरी क्लब अफ बुटवलले मुटु रोग उपचारमा टेवा दिने गरि ६ करोड रुपैया लागतको परियोजनामार्फत क्याथ ल्याब हस्तान्तरण गरेको क्लबका अध्यक्ष प्रज्वल थान्जुले बताए । परियोजनाले मुटु रोगका बिरामीहरूलाई उपचारका लागि ठूला सहरहरूमा जानुपर्ने झन्झटबाट बचाउने मात्र होइन, स्थानीय स्तरमै गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण सिर्जना गरेको भन्दै उनले आगामी दिनमा समेत यस क्षेत्रका रोटरीको सहकार्यमा परियोजनाहरु अघि बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बिसं २०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट झण्डै ११ सय मुटुका विरामीले क्याथ ल्याब सेवा लिएको बताए । लुम्बिनी प्रदेशमै पहिलो पटक क्याथल्याब सेवा सुरु गरेको अस्पतालमा एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि, सिटिस्क्यान लगायतका सेवा प्रदान हुँदै आएको उनले बताए ।

यसैगरि लुम्बिनी प्रदेशमा करिब ८ सय मृगौलाका विरामी रहेकोमा ५ सय भन्दा बढि मृगौलाका विरामीले मुटु अस्पतालले विभिन्न स्थानमा संचालन गरेका डायलाईसिस सेन्टरबाट नियमित मृगौलाको डायलाईसिस सेवा लिँदै आएका छन् । बुटवलको अस्पतालसँगै दाङको लमही, पाल्पा, वालिङमा डायलाईसिस सेन्टर संचालन भईरहेका छन् । अस्पताललाई स्थान अभाव एक प्रमुख चुनौतीको रूपमा रहेको कुरा उल्लेख गर्दै सेवा विस्तार गर्न वा थप नयाँ उपकरणहरू राख्न कठिनाइहरू भोग्नुपरेको बताए । रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी क्लब तथा समाजसेवीहरुको सहयोगमा स्थापना भएको अस्पतालको जग्गा प्राप्ती र भवन निर्माणमा अभिभावकत्व सरकारबाट लिनुपर्ने उनले आग्रह गरे । अस्पतालको सेवालाई प्रभावकारी रूपमा अगाडि बढाउन र थप बिरामीहरूको उपचार गर्नका लागि अहिलेको भाडामा संचालन भएको स्थान पर्याप्त नभएको समेत बताए ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठ, पुरन प्रसाद श्रेष्ठ, आमोद सिमागैडा, प्रेसिडेन्ट नोमिनी मधु प्रसाद अर्याल, सचिव बिरेन्द्र रानाले अस्पताललाई सबैको अपनत्व हुने गरि लैजान सुझाव दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?