© 2026
काठमाडौँ ।
काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परेर गएरातिदेखि अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जना गरी ३२ जनाको मृत्यु भएको हो।
‘तीन जिल्लामा बाढी पहिरोमा परेर १२ जना बेपत्ता छन्,’ एसएसपी घिमिरेले भने, ‘तीन जिल्लाबाट अहिलेसम्म एक हजार ५३ जनाको उद्धार गरिएको छ।’
काठमाडौँमा एक र ललितपुरमा ११ जना गरेर जम्मा १२ जना बाढी पहिरोमा बेपत्ता भएका हुन्।
बढी पहिरोमा परेर काठमाडौँमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई गरी १७ जना घाइते भएका छन्।