© २०२३
सुनवल, १२ असोज
पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ । दुई दिन देखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ । नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ । पानीको सतह बढ्ने क्रममा रहेकाले सुस्ताको पुरै गाँउ डुबानको उच्च जोखिममा रहेको सुस्ता बचाउ अभियानका प्रवत्ता रविन्द्र जयसवालले जानकारी दिए । डुबानमा परेका स्थानियले छिमेकिको घरमा आश्रय लिएका छन् ।
नारायणी नदिले खतराको तह पार गरेपछि गण्डक व्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिईन् । अहिले नारायणी नदिमा प्रतिसेकेन्ड पानीको बहाव ३ लाख ६५ हजार क्युसेक रहेको छ ।