ट्रेंडिंग:

>> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक

गुरुकुलका बटुकहरुलाई रोटरी क्लव अफ बुटवल चौतारीद्वारा शैक्षिक सामग्री

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

बुटवल, १२ असोज ।

रोटरी क्लव अफ बुटवल चौतारीले दुर्गा वैदिक संस्कृत विद्यापीठ गुरुकुलम् तिलोत्तमाका बटुक (विद्यार्थी) हरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. १ देविस्थान नयाँमिलमा रहेको विद्यापीठमा अध्ययनरत बटुकहरुलाई क्लवले झोला, स्वीटर, कापीलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यापीठमा अध्ययनरत ५५ जना बटुकहरुलाई करिव एक लाख रुपियाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । क्लवले आफ्नो २२१ औं नियमित बैठकसँगै शैक्षिक सामग्री प्रदान गरेको अध्यक्ष पौडेलले बताए ।

२०५३ सालमा स्थापित यो विद्यापीठमा हाल करिव १४५ बटुकहरु अध्ययनरत छन् । यहाँ कक्षा ६ देखि १२ सम्म पठनपाठन हुन्छ । नर्मदेश्वर शिवालय मन्दिर, दुर्गा वैदिक परमानन्द सन्यास आश्रम, वैदिक धर्म परिषदको केन्द्रीय कार्यलय सहित यो दुर्गा वैदिक संस्कृत विद्यापीठ १४ कठ्ठा क्षेत्रफलमा रहेको छ । यो विद्यापीठमा हालसम्म गुल्मी, स्याङ्जा, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, पर्वत, कास्की, तनहुँ, नवलपरासी, नवलपूर, बाँके, सुर्खेत, चितवन लगायतका जिल्लाहरुबाट छात्र बटुकहरु आएर निःशुल्क आवासीय भोजनसहित संस्कृत विषयसँगै कम्प्यूटर, नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित विषयहरु पढिरहेका छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले बिना स्वार्थ गरिएको सहयोग र सेवा नै सबैभन्दा ठूलो पुण्य काम भएको बताए । उनले यो विद्यापीठ यस्तै क्लव लगायत सामाजिक संघसंस्थाहरुको सहयोगमा सञ्चालित रहेको भन्दै आगामी दिनमा पनि यस खालका कार्यक्रम ल्याउन आग्रह गरे ।

समाजमा आपसी समझदारी, सद्भाव, जातिय समानता, स्वतन्त्रता, धार्मिक सहिष्णुता कायम गर्न आधुनिक शिक्षासँगै संस्कृत शिक्षाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

रोटरी क्लव अफ बुटवल चौतारीका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले आगामी दिनमा पनि विद्यापीठलाई सहयोग गर्ने गरी क्लवले आवश्यक योजना बनाउने बताए ।

कार्यक्रम रोटरीयन केशव पौडेलको संयोजकत्व र केशव भुसालको व्यवस्थापनमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?