ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

“टिमुरे सामुदायिक होमस्टे” ग्रामिण पर्यटकीय गन्तव्य

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

गुल्मी, १२ असोज ।
गुल्मीको चन्द्रकोट गाउँपालिका –४ स्थित “टिमुरे सामुदायिक होमस्टे” लाई ग्रामिण पर्यटकीय गन्तव्य रूपमा घोषणा गरिएको छ । विश्व पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले शुक्रबार काठमाण्डौमा विशेष कार्यक्रमका विच नयाँ ग्रामिण पर्यटकीय गन्तव्य स्थल घोषणा गरेको हो ।

जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रको रूपमा रहेको टिमुरे तालको नामाकरणसँगै जोडिएको टिमुरे सामुदायिक होमस्टेले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै स्थानीय समुदायलाई आर्थिक फाइदा पु¥याउन ठूलो मद्दत पुग्ने चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताएका छन । उनले ग्रामिण पर्यटकीय क्षेत्र घोषणाबाट टिमुरे सामुदायिक होमस्टेले आगन्तुकहरूलाई वास्तविक नेपाली ग्रामीण जीवनशैलीको अनुभव प्रदान गर्नुका अतिरिक्त सांस्कृतिक संरक्षणको क्षेत्रमा समेत ठूलो टेवा पुग्ने बताए ।

समुद्र सतहदेखि १९५६ मिटर उचाईमा रहेको होमस्टेसँगै जोडिएको करिब २४०० बर्ग मिटर चौडाईमा फैलीएको टिमुरेको सुन्दर तालबाट गुल्मी लगायत विभिन्न जिल्लाका मनोरम हिमश्रृङ्खलाहरू देख्न सकिन्छ ।
चन्द्रकोट गाउँपालिका धार्मिक, ऐतिहासिक र पर्या–पर्यटनको लागि संभावना बोकेको एक महत्वपूर्ण स्थानीय तहको रूपमा रहेको गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताए । उनले टिमुरे सामुदायिक होमस्टेलाई ग्रामिण पर्यटकीय गाउँ घोषणाले त्यस क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटनको माध्यमबाट स्थानीय रोजगारीका अवसरहरू सृजना गर्न सकिने प्रचुर संभावना रहेको औल्याएका छन ।

आफैमा ऐतिहासिक महत्व बोकेको चन्द्रकोट गाउँपालिकामा ऐतिहासिक चन्द्रकोट मन्दिर, दिब्रुङ्, शिवालय, किउँ, चक्रेश्वर, कौडे सत्यवती, शिद्धबाबा धाम, राम मन्दिर, अर्जेवा झरना, झुलेनी पार्क, लगायत एक दर्जन भन्दा बढी धार्मिक एवं पर्यटकीय स्थलहरू रहेका छन । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था गरीे कला, संस्कृति र पर्यटनको क्षेत्रमा विभिन्न योजनाहरू अगाडि बढाउने जनाएको छ । पालिकाले स्थानीय कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्दै समृद्ध चन्द्रकोट निर्माणका लागि “जाउँ चन्द्रकोट, घुमौँ चन्द्रकोट” भन्ने अभियान समेत शुरु गरेको छ ।

“टिमुरे सामुदायिक होमस्टे”लाई ग्रामिण पर्यटकीय गन्तव्य घोषणा गरेसँगै चन्द्रकोटवासीहरूमा थप खुसि थपिएको छ । गाउँपालिकाले पनि “टिमुरे सामुदायिक होमस्टे” लाई ग्रामिण पर्यटकीय क्षेत्र घोषणा गरेकोमा शुक्रबार शुभकामना सन्देश मार्फत सबैमा धन्यबाद प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?