© २०२३
बुटवल, १२ असोज ।
काठमाण्डौमा उत्पादन भएको घर, भवनको छाना प्रयोग गरिने सकिने युपीभीसी रुफ्टींगको बुटवलमा सार्वजनिक गरिएको छ । एक्सीस ग्रुप अफ कम्पनीले हालै मात्रै बजारमा ल्याएको घरको छाना छाउने, विभिन्न प्रकृतिका ईको रुफ्टींग सहित त्यसमा प्रयोग गरिने उपकरणको बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
एआई ग्रुप अफ कम्पनीका अध्यक्ष नवराज राउतले कम्पनीको उत्पादन सार्वजनिक गर्दै जाडो मौसममा तातो र गर्मी मौसममा शितलता प्रदान गर्ने प्रकृतिको घर तथा अन्य व्यावसायिक र आवासीय वस्तु छाउन सकिने गरी निर्माण गरिएको बताए । अहिले प्रयोग हुँदै आएको जस्ता (टिन) को विकल्पमा यसको प्रयोग गर्न सकिन्छ ।
कम्पनीका सेल्स एण्ड मार्केटिंग म्यानेजर युपीभीसी ब्रान्ड प्रमुख सांसद देवानले यसको प्रयोग गर्दा पानी पर्दा समेत आवज नआउने भएको कारण घरको ट्रष्ट हाल्दा वा व्यावसायिक प्रयोजनमा निर्माण गरिने कुनै पनि भवनमा यसको सहज रुपमा प्रयोग गर्न सकिने बताए । सेल्स एण्ड मार्केटिंग म्यानेजर टोप राजन तिमिल्सिनाले यसको प्रयोग गर्दा अन्य जस्ताको प्रयोग भन्दा बलियो, रंग नखुइलिने गरी तयार गरिएको बताए ।
कार्यक्रममा रुपन्देहीका विभिन्न स्थानबाट व्यवसायीहरु, कर्मचारी तथा प्राविधिकहरुको सहभागिता रहेको थियो । स्वदेशमा नै बनेको उत्पादन भएको कारण यसको प्रयोग गर्नको लागि सबैलाई कम्पनीले आग्रह समेत गरेको छ ।