Butwal Today

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

११ आश्विन २०८१, शुक्रबार
अ+
अ-

दाङ।

दाङमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।