ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

छोरी पेवा बचत कार्यक्रम’

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

प्युठान, ११ असोज ।
सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ गाउँपालिकाका ७ सय ४७ छोरी सहभागी भएका छन् । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउने उद्देश्यले आर्थिक वर्ष २०७५÷०७६ देखि शुरु गरिएको थियो । पालिकाका सवै छोरीलाई शिक्षामा पहुँच पु¥याउँदै विभेद कम गर्न कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले छोरीमा हेर्ने दृष्ट्रिकोणमा परिवर्तन ल्याउन ल्याइएको कार्यक्रम प्रभावकारीसंगै लोकप्रिय भएको बताए । ‘बालबिबाह हटाउन, छोरी प्रति हेरिने दृष्ट्रिकोणमा परिवर्तन गर्न कार्यक्रम ल्याएका हौं’ बिश्वकर्माले भने,‘सोचेँ भन्दा प्रभावकारी तथा लोकप्रिय बनेको विश्वास छ ।’ कार्यक्रमले छोरीको बचतमा पहुँच, छोरीलाई औषधि उपचार, पठनपाठनमा राहत मिलेको पाएको उनको धारणा छ । २०७६ साल पछि जन्म भएका छोरीको नाममा पालिकाभित्रका दुईवटा सहकारीमा रकम जम्मा गरिदिने गरेको छ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी संस्था बांगेशालसँग सहकार्य गरि रकम जम्मा गरिदिने गरेको छ ।

कार्यक्रममा हालसम्म ७ सय ४७ जना छोरीहरू लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ९३ जना छोरीहरू थपिएको प्रशासन शाखा प्रमुख भावना सिंहले जानकारी दिइन् । आ.व. २०७५/०७६ मा ७८ जनालाई १ सय रूपैया प्रतिमहिना दिने गरी सुरु भएको कार्यक्रममा हाल ५ सय रूपैया प्रतिमहिना दिने गरिएको छ । मासिक १ सय रूपैंया वचतबाट शूरु भएको कार्यक्रम दोश्रो वर्षमा २ सय हुँदै पाँचौ वर्षमा ५ सय रूपैंया रकम गाउँपालिकाले खातामा जम्मा गर्ने गरेको सिंहले बताइन् ।

प्रत्येक वर्ष १०० रूपैंयाका दरले बढाउँदै १० वर्षसम्म पालिकाले छोरीको नाममा रकम जम्मा गरिदिने छ । अभिभावकले त्यसलाई थप गर्दै थप १० वर्ष रकम जम्मा गरिदिने छन् । छोरीहरू २० वर्षपुगेपछि उक्त रकम निकाल्न मिल्नेछ । कार्यक्रम कार्यान्वयनका लागि पालिकाले कार्यविधी समेत बनाएको छ ।
कार्यक्रम लागु भएपछि अभिभावक समेत खुशी भएका छन् । पालिकाले शुरु गरेको वचतमा अभिभावकहरूले पनि रकम थप गरी बचत गर्ने अभ्यास गरेको सरुमारानी गाउँपालिका–४ सोमैटोल की मिना कुमारी सोमैमगरले बताइन् । उनका एक छोरा र एक छोरी छन् । गाउँपालिकाले कार्यक्रम ल्याएपछि छोरी बचतको पहुँचमा आएकी छन् भने छोरा छैनन् । कार्यक्रमले गर्दा छोरीलाई सहकारीमा बचत गर्ने वातावरण बनेको उनले सुनाइन । ‘पहिले बाल बचत गर्नुपर्दछ भन्ने नै लागेको थिएन’ मिनाले भनिन्,‘अहिले छोरीको नियमित वचत समेत गरिदिएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?