© २०२३
लमही, ११ असोज ।
कम समयमा बढी आम्दानी हुने अबसरबाटै बिक्री भएपछि गढवा गाउँपालिका दुर्गम बस्ती र मुक्त कमैया बस्तीका किसानहरू बाख्रापालनतर्फ आकर्षित भएका हुन् । केही बर्षदेखि स्वान, हेफर नेपालले महिलाहरूलाइ ती बस्तीमा समूह बनाएर बाख्रा उपहार दिए पचि उनीहरू व्यवसायिक रूपमा बाख्रा पालना लागेका छन ।
कोइलाबास, मुसिनाका, नयाँबस्ती, गोबहडिहा लगायतका मुक्त कमौया बस्ती र आर्थिक अबस्था कमजोर भएकाहरूका लागू बाख्रा पालन मुख्य पेशा भएको पालिकाका उपाध्यक्ष सारदा चौधरीले बताइन् ।उनीहरूका लागि पालिका र गैरसरकारी संस्थाहरूले व्यवसायिक रूपमा बाख्रा पालन लागि सहयोग गर्दै आएको उनी बताउँछिन ।
उनीहरूले उत्पादन गरेका बाख्रा आफ्नै टोलवाट बिक्री हुन थाले पछि उनिहरू थप उत्साहीत भएको बताउछन् । केही बर्ष यता पालिका मासुका लागि आत्मनिर्भर भइ मासु बाहिर बिक्री हुँदै आएको पनि उपाध्यक्ष चौधरीले बताइन् ।
किसानकाइ बाख्रापालन सम्बन्धी ज्ञान दिदै बाख्रा बितरण व्यवसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका परीचालन गरिएको हेफरका कार्यक्रम निर्देशक महेश आचार्य बताउछन् । आव २०७९/८० मा भन्दा २०८०/८१ मा बाख्रापालन गर्ने किसानको संख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको उनले बताए । “आव २०८०/८१ मा नयाँ २ दर्जन बाख्रा फार्म उतिक्कै मात्रामा समूह बनाइ व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको गढवा गाउँपालिकाका पसुसेवा केब्द्रले जनाएको छ ।
अहिले पालिकामा व्यावसायिक बाख्रा पालन गर्ने महिला समुह संख्या दुई सय पुगेको छ”, उनले भने । समूह , फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने संख्या अझ उल्लेख्य रहेको पाइएको छ । पालिकामा आव २०७९/८० मा ४३ हजार नौ सय ९० वटा बाख्रा रहेकामा गत आवमा सो संख्या २३ हजार सात सय ८९ ले थप भई ६७ हजार सात सय ७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।
“पछिल्लो तीन वर्षमा ४५ हजार दुई सय २२ बाख्रा थप भएका छन”, प्रमुख आचार्य भने, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।” बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९/८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख आचार्यले बताए ।
उत्पादन भएको खसीबोका किसान आफैँले नभौ गढवा गाउपालिका द्वारा संचालित भिटा परियोजना अन्तर्गत गठन भएको श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा खसी बोकाको सामुहिक बजारीकरण गर्दै आएको छ । सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ । “गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन”, उनले भने । गढवा गाउँपालिका भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकोले कृषकहरूसंग २० किलो भन्दा कम तौलको खसी ४सय ७० रूपैयाँ प्रतिकिलो, २० देखि ३० किलो सम्मका ५ सय ३०रूपैया प्रतिकिलो, ३० देखि ४० किलो तौल सम्मको ५ सय ४० र ४० किलो भन्दा माथीका बोका ५ सय ५० रूपैया प्रतिकिलोको दरले घरआगनबाटै खरिद गरेको छ। भने बोका ५ सय २० रूपैयाँ प्रति किलोको दरले खरिद गरेर बजारीकरण गर्न लागेको महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष रावत क्षेत्रीले जानकारी दिए । गाउँघरमा पुग्ने व्यवसायीले आफै मूल्य तोक्ने र खरिद गर्दै आउँदा किसान ठगिने अवस्था थियो । तर अहिले स्थानीय सरकारले खसीबोकाको सामूहिक बजारीकरण गर्न थालेपछि किसानले ढुक्कसँग खसीबोका बिक्री गर्न पाएको गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले बताउँछन ।