© २०२३
बुटवल, १० असोज । सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ बुटवल डाउन टाउनले बुटवल बहुमुखी क्याम्पसमा मानसिक स्वस्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । युवा वर्गमा बढ्दो समस्याका रुपमा देखिएको मानसिक स्वस्थ्यबारेमा सचेतना दिने उदेश्यका साथ बुधबार विद्यार्थीहरुमाझ एक दिने सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा रोटरी क्लब अफ मेडिको फ्युजन ई हाईब्रिडका अध्यक्ष तथा मानसिक रोग विशेषज्ञ डा.विक्रम काफ्लेले सहजिकरण गर्दै शारीरिक स्वस्थ्यसगै मानसिक स्वस्थ्य, तनाव ब्यवस्थापनका उपायहरुबारे बताए । समयमा नै मानसिक स्वस्थ्यको लक्षण पहिचान गर्न सके ठुलो क्षति रोक्न सकिने उनको तर्क छ । ब्यक्ति आफ्नो दैनिकीमा खानपिन, ब्यायाम, आरामलाई ध्यान दिनुपर्ने उनले सुझाव दिए । यो वर्ष मानसिक स्वस्थ्यबारे कुरा गर्ने नाराका साथ विेश्वभर नै अभियान चलाईएको उनले बताए । हरेक वर्ग र समुदायमा मानसिक स्वस्थ्य समस्यामा गुज्रिरहेको हुदा पनि समयमा सचेत हुनुपर्ने उनले बताए ।
कार्यक्रमको बुटवल बहुमुखी क्याम्पसका क्याम्पसका प्रमुख डा.दुर्गा भुषालले उद्घाटन गर्दै समयसापेक्ष उपयुक्त र प्रभावकारी कार्यक्रम गरिएको बताए । युवा वर्गमा पछिल्लोसमय मानसिक समस्या बढि देखिएरहेको हुदा यसबारे घरघरमा पुगेर सचेतना लग्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले क्लबको वार्षिक कार्ययोजना अनुसार शिक्षा, स्वस्थ्यको क्षेत्रलाई जोड दिदै आएको बताए । स्वस्थ्य शिविर, स्वस्थ्य सचेतना र महिला स्वस्थ्यको क्षेत्रमा क्लबबाट निरन्तर कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा क्याम्पसका स्वबियु अध्यक्ष दुर्गा बहादुर एमसी, प्रेसिडेन्ट ईलेक्ट बाबुराम बन्जाडे, प्रेसिडेन्ट नोमिनि धर्मदत्ता ज्ञवाली, सचिव कमल नेपाल, कार्यक्रमका संयोजक योगेन्द्र पंन्थीले समाजमा बढिरहेको आत्महत्या र अपराधका घटनाहरुमा मानसिक स्वस्थ्य कारण हुनेहुदा पनि यसबारे खुलेर कुरा गर्ने वातावरण बनाउन समुदायमा सबैको भुमिका रहने बताए ।