ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

संविधान संशोधन गर्ने भए संघीयता खारेज प्राथमिकतामा : केसी

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

दाङ,१० असोज ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको संविधान संशोधन गर्ने भए संघीयता खारेज प्राथमिकतामा राख्न माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंको २३ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार दाङको घोराहीमा सम्बोधन गर्दै नेता केसीले संविधान जारी भएको एक दशकमा संघीयताका कारण देश अत्यन्तै दयनीयमा पुगेको भन्दै मुलुकलाई नै तहसनहस पार्ने घातक प्रणाली तत्काल देशबाट हटाउन माग गरेका हुन् ।

उनले नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानीबाट आएको गणतन्त्र राजनीतिक दलहरुको अकर्मण्यताका कारण खतरामा परेको बताएका छन् । गणतन्त्रलाई संस्थागत गर्न इमान्दार प्रयास गर्नुको साटो राजनीतिक दलबाट भईरहेको गलत क्रियाकलापले जनतामा निराशा थपिँदै गएको बताए । नागरिकमा बढ्दो निराशा हटाउँदै सुशासन र समृद्ध मुलुक निर्माणका लागि संघीयता, राष्ट्रघात र भ्रष्टाचारको अन्त्यको विकल्प नभएको बताए

‘देशमा जनताले चाहदै नचाहेको, सोँच्दै नसोचेको संघीयता ल्याएर जनतालाई यसको भारी बोकाउने काम भएको छ । संघीयताले देश उँभो लाग्दैन । संघीयताले नेताको पेट भरिएला तर जनताको पेट भरिने आधार छैन’, उनले भने, ‘देश दिनप्रति दिन खोक्रो हुँदै गएको छ । दिनदिनै सार्वजनिक ऋणको बोझ जनताको काँधमा थपिएको छ । नेता मोटाउने, जनता चुस्ने बेकामको संघीयता तत्काल खारेज गर्नुपर्छ ।’ संघीयताले नेता पोस्ने काम मात्रै गरेको भन्दै जनताको जनजीविका माथि उकास्न नसकेको बताए ।

नेपालमा युवा जनशक्ति पाउनै गाह्रो अवस्था भईसकेको भन्दै देशमा युवा रोक्ने काममा अब ढिलाई गर्न नहुने बताए । ‘यहाँ हरेक कुराको परनिर्भरता बढेको छ । आयातमा भरपर्ने अवस्थालाई बिस्थापन गर्न उद्योग कलकारखाना चलाउनुपर्छ । दक्ष युवा विदेशिनबाट रोक्नुपर्छ । लगानीको वातावरण बनाउनुपर्छ’, उनले भने । ‘नेपाल यस्तो अवस्थाबाट गुज्रेला भनेर कुनै पनि नेपाली नागरिकले अपेक्षा गरेको थिएन । यो नियति अब धेरै हुनुहुदैन । यसका लागि बलियो राष्ट्रिय एकता चाहिएको छ । यो आवाज उठाउने काममा युवासँगै विद्यार्थीहरुको भुमिका अझ धेरै हुनुपर्छ ।’

नेपालको राजनीतिक आन्दोलनको जग बलियो बनाउन विद्यार्थी संगठनको भुमिका महत्वपूर्ण रहेको उनले बताए । मुलुकमा व्यवस्था परिवर्तनदेखि शासन व्यवस्थामाथि खबरदारी गर्ने काममा विद्यार्थी संगठनको योगदानलाई भुल्न नमिल्ने बताए ।

जनमोर्चा जिल्ला अध्यक्ष सेवक भट्टराइ,

जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, केन्द्रीय सल्लाहकार आनन्द शर्मा, नेकपा मसालका प्रदेश प्रवक्ता तिलक डिसी, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य केयर सिंह, अखिल नेपाल किसान महासंघका महासचिव तुलसी सापकोटा, महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, जातीय समता समाजका अध्यक्ष राजेश बिक, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यलगायत बोलेका थिए ।

शनिबारसम्म चल्ने तीन दिने राष्ट्रिय सम्मेलनमा भाग लिन देशभरबाट ३ सय बढी विद्यार्थी नेताहरु दाङ आएका छन् । उक्त सम्मेलनले विद्यार्थी आन्दोलनको अवस्था र अबको कार्य नीतिसहित वर्तमान राजनीतिक विषयमा सम्बोधन गर्दै दाङ घोषणा पत्र जारी गर्नेछ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?