ट्रेंडिंग:

>> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक

वर्षौदेखी सडक सञ्जालबाट टाढा रहेको सुस्तामा झोलुङ्गे पुल, राष्ट्रपति पौडेलद्वारा उद्घाटन

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

नवलपरासी सुस्ता ।

नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा नारायणी नदीमाथि बनेको झोलुंगे पुलेको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नारायणी नदीमाथि बनेको पुलले जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासको बाध्यता अब सधैँका लागि अन्त्य गरेको बताएका छन् ।

उनले अब यस क्षेत्रका बासिन्दाले डुंगाको माध्यमबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था को अन्त्य भएको बताएका छन् । बिहीबार सुस्तामा शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पुल निर्माणले स्थानीयवासीको जीवनमा राहत मिलेको बताए ।
उद्घाटन कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नारायणी नदीमाथी बनेको डबल स्प्यानको उक्त झोलुङ्गे पुल १५७२ मिटर लामो छ । राष्ट्रपति पौडेलले उक्त झोलुङ्गेपुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार भाउ पाउने भन्दै अब यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको बताए ।

उनले भने, “वर्षौदेखी सडक सञ्जालबाट टाढाँ रहेको सुस्तामा पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो, अब यो अवस्था अन्त्य भएको छ ।”

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणीधामसंग जोड्ने नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा आउने पर्यटकलाई अझ आकर्षित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?