© २०२३
नवलपरासी,१० असोज ।
विगत बर्षदेखि सानो पुल भत्किएर सास्तै झेल्दै आएका स्थानीयबासीलाई जिल्लाको प्रतापपुर गाउँपालिका ८ स्थित चोरनिया खोला पुल निर्माणपछि स्थानीयबासीलाई राहत भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको सडक पूर्वाधार विकास कार्यालयले सो पुलको निर्माण गराई दिएपछि स्थानीयलाई राहत पुगेको हो ।
विगत चार बर्षदेखि सानो पुल रहेको उतm खोलाले बाढीमा बगाए पछि अहिले सडक पूर्वाधार विकास कार्यालयले पुल निर्माण गराउने कार्य थालेको सम्बन्धित वडाका पूर्व वडा अध्यक्ष कादिर अलिले बताएका थिए । पुल बगाउँदा स्थानीयलाई बर्षायाममा सास्ती झेल्न परेको थियो, उनले भने, विद्यालय जाने बालबालिकालाई पनि समस्या भइ रहेको थियो । उता पुल निर्माणले नर्सहीबासीलाई ठूलो राहत भएको स्थायिन लख्खु यादवले बताए । केरा उत्पादक कृषक समितिका अध्यक्ष समेत रहेका यादवले भने, यो पुल भत्किदा ढुवानी देखि सर्वसाधारणलाई आवत जातवमा समस्या भइरहेको थियो । अहिले पुल बनेपछि सबैलाई राहत पुगेको छ, उनले थपे, पुलसँगै सो सडकलाई स्तरोन्नती गरि पिच गर्नु पर्ने आवश्यकता रहेको छ । यहाँका जनप्रतिनिधिले त्यसका लागि पनि पहल गरिदिनु प¥यो ।
प्रतापपुर—सुस्ता गाउँपालिका जोड्ने रेता सडकको मुख्य पुल भासिएर बर्षायाममा सो सडकमा आवत जावत नै अवरुद्ध हुने गरेको थियो । प्रतापपुर गाउपालिका ८ पिपरपाती देखि सुस्ता गाउपालिका ४ नर्सही गोकुल नगर भएर गण्डक बाँधको वि ग्यापमा पुग्ने सडकको मुख्य बाधक पुल बनेको थियो । प्रदेश सरकारसँग निरन्तर पहल गर्दै आएका थियौं, उनले थपे, अहिले प्रदेश सरकारले पुल निर्माण कार्य गराउन थालेको छ । यसले जनतालाई राहत पुग्ने उनको भनाई थियो ।
सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीले चोरनिया खोला मल्टिसेल वक्स पुलको निर्माण गर्नका लागि पारामाउण्ट कन्ट्रक्सन प्रा.लि. ललितपुरलाई ठेक्का दिइएको थियो । पुलको लागत कुल ३ करोड ७१ लाख १२ हजार ५ सय ३० रुपिया भएको सो निर्माण कम्पनीले ठेक्का सकार गरी काम गरिरहेको छ । २०७९ कातिक ३० गते पुल निर्माणको सम्झौता भएको र पुलको निर्माण कार्य सम्पन्न २०८० साल कातिक २९ गते भित्र गर्नु पर्ने सम्झौता थियो । केही समय ढिलो भए पनि अहिले पुलको निर्माण कार्य सम्पन्न भएको छ । जनतालाई राहत पुगेको छ । यसले यहाँका जनजिवनमा सहजता ल्याएको स्थानियले महशुस पनि गर्न थालेका छन् ।
पुलको निर्माण कार्य बेलामै सम्पन्न हुने आशा गरिएको थियो, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने, केही समय ढिलो भए पनि यसलाई बेलामै सम्पन्न भएको मान्नु पर्छ । बेलामै पुल सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण गर्न गाउपालिका तयार रहेको र ठेकेदारले बेलामै सम्पन्न गर्नु पर्ने गाउपाँलिकाले सम्बन्धित निर्माण कम्पनीलाई सहजी करण समेत गर्दै आएको उनले बताएका थिए । पुल भौगोलिक रूपमा प्रतापपुर गाउँपालिकामा परे पनि त्यस पुलबाट बढी राहत सुस्ता गाउपालिकाका बासिन्दालाई हुने हुदा बेला बेलामा सुस्ताका बासिन्दाले गाउपालिकामा पुलबारे कुरा उठाउदै आएका थिए ।
त्यसका लागि सुस्ता गाउँपालिकाले समेत लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद र अधिकारीहरूसँग ताकेता गर्दै आएको थिए । प्रदेश सरकारले चाँडै सो पुलको निर्माण गराउने आश्वासन दिदै आएको थियो । अहिले सो पुलको ठेक्का भई काम समेत प्रारम्भ भएकोले एक बर्ष भित्रै सुस्ताका बासिन्दालाई राहत पुगेको छ । वि ग्याप बाँध देखि, पिपरपाती, अठिलहिया हुदै सरावलको ललितपुरसम्म जोड्ने सडकको पुल रहेको छ । पुल नहुँदा हुलाकी मार्ग भएर सबै जानु पर्ने र अहिले हुलाकी सडक निर्माणमा हुने ढिलाईले सो क्षेत्रका हजारौ जनता दोहरो मर्कामा परेका थिए । पुलले स्थानियमा आश जगाएको छ,अधिकृत पौडेलले भने, निकट भविष्यमा बर्षायाममा पनि सो सडक भएर आउ जाउ गर्न सहजता हुने छ ।