© २०२३
चन्द्रौटा ।
कपिलवस्तुमा मदरसामा अध्यायपनरत शिक्षकलाई प्रोत्सहन गरिएको छ । शिवराज नगरपालिकाको चन्द्रौटास्थित जामिया सिराजुल उलूम अल अस्सल्फियामा कपिलवस्तु र रुपन्देहीका १२ वटा मदरसाका ५० जना शिक्षकलाई ७१ लाख १५ हजार ११८ रुपैया प्रदान गरिएको छ ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले मुस्लिम समुदायलाई शिक्षामा अगाडि बढ्न आग्रह गरे । उनले भने ः शिक्षामा समुदायले अघि बढेन भने, समाज पछि धक्किने छ । शिक्षा र ज्ञानको महत्वमा जोड दिँदै, शिक्षा मात्र व्यक्ति होइन, समाजको समग्र विकासमा योगदान पुर्याउँछ । समुदायका युवाहरूलाई शिक्षामा संलग्न गराउने र उत्कृष्टता हासिल गर्ने प्रेरणा दिनुपर्नेमा मेयर थापाले जोडदिए । उनले थपे: शिक्षासँगै संस्कारको विकास गर्न आवश्यक छ, जसले भविष्यका पुस्तालाई सशक्त र सक्षम बनाउँछ । मेयर थापाले मुस्लिम समुदायसँगै स्थानीय संघ–संस्थाहरूलाई शिक्षामा प्रोत्साहन गर्न र सबै समुदायलाई यसमा संलग्न गराउनेमा ध्यान दिन पनि आइतबार आग्रह गरे ।
यसैबीच लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्याक्ष मौलाना मसहुद खाँ नेपालीले तुलनात्मक रुपमा मुस्लिम समुदाय शिक्षामात्रै नभएर हरेक तवरले अघि बढेको जिकिर गरे । शिक्षाले समुदायस्तरमा सकरात्मक प्रभाव पारेको बताउँदै मुस्लिम शैक्षिक विकासले देशमा समेत अहम भूमिका खेलेको मुस्लिम अगुवाहरुको बुझाइ रहेको उनले बताए । शिक्षाले हामीलाई ज्ञान मात्र दिन्दैन, तर हाम्रो संस्कृति र मूल्यहरूको संरक्षणमा पनि सहयोग पु¥याउने खाँले बताए । उनले भने ः ‘मुस्लिम शिक्षा विकासले केवल समुदायको भविष्य उज्यालो बनाउँदैन, यो राष्ट्रको प्रगतिको लागि पनि अहम छ ।’
अधिवक्ता लक्ष्मण प्रसाद निरौलाले मुस्लिम समुदायका नागरिक पनि पछिल्लो समय कानुन पढ्न उत्सुक देखिएको बताए । शिक्षकहरूको दक्षता र शिक्षण विधिमा सुधार ल्याउने बताउँदै मदरसामा अध्ययन गरिरहेका विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त उनले व्यक्त गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी