© २०२३
कपिलवस्तु, ९ असोज
नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति कपिलवस्तुको बिस्तार गरिएको छ । नेपाली काँग्रेस पार्टीको भातृ संगठन लोकतान्त्रिक संघका जिल्ला अध्यक्ष पदम प्रताप सेनले समिति बिस्तार गरेका हुन ।
बिस्तारित समिति २३ सदस्यीय पुगेको छ । संघको उपाध्यक्षमा नारायण अर्याल, कालिका उपाध्याय, मोहम्मद सरिफ मुसलमान र सचिवमा रण बहादुर क्षेत्रीलाई मनोनयन गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा बम बहादुर कुँवर, सहसचिवमा नवराज पौडेल, बिन्दु शाहनी क्षेत्री, दिपक थारु र गणेशलाल कर्ण चयनमा परेका छन् ।
सदस्यहरुमा क्रमशः उमानाथ पोख्रेल, कोपिला थापा, वेद प्रकाश भुसाल, संगिता पोख्रेल, माधुरी ओली गिरी, दिप कुमार केवट, केशव थापा, मैनुद्दिन मुसलमान, राकेश तिवारी, अहमद हुसेन, अब्दुल जाहिद, बिशेन्द्रसिंह रावल र हरिबहादुर गुरुङ्ग मनोनयनमा परेका छन् । खेल क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्धेश्यका साथ खेल क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई संघमा मनोनयन गरी जिल्ला कार्यसमिति बिस्तार गरिएको संघका जिल्ला अध्यक्ष सेनले जानकारी दिए ।