© २०२३
लमही, ०९ असोज ।
गढवा गाउँपालिकाद्वारा संचालित भिटा परियोजना अन्तर्गत गठन भएको श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा खसी बोकाको सामुहिक बजारीकरण कार्यक्रम गढवा–३ गोबरडिहामा गरिएको छ । गढवा गाउँपालिका वडा ३ गोबरडिहा मुक्त कमैया बस्तीमा सोमबार सामुहिक बजारीकरण कार्यक्रम भएको हो ।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाले ३० जना कृषकको ९ लाख ९३ हजार रूपैयाँ बराबरको खसिबोका बिक्री गरेको सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिइन। गढवा गाउँपालिका वडा नम्बर ३ सुपैला, गोबरडिहा, रतनपुर, माधवपुरका ३० जना कृषकहरूले पालेका ३४ वटा खसी तथा ८ वटा बोका गरि जम्मा ४२ वटा बिक्री गरिएको हो ।
१ हजार ५ सय किलो बराबरको खसिबोका बिक्री गरिएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिइन। एउटा दुईवटा खसी बोका पाल्ने किसानलाई कहाँ कसरी बेचम भन्ने पिर हुन्थ्यो । तर गाउँभरिका खसीबोका एकैपटक बजारीकरण गर्न सहकारीले कार्यक्रम बनायो । जसबाट अहिले गाउँघरका खसीबोका बिक्री गर्न सहजता आएको छ अध्यक्ष रावतले भनिन ‘सबैको सहकार्यमा व्यापारीको खोजी गर्ने र गुणस्तरीय खसीबोका बिक्री गर्ने हाम्रो योजना हो । सोही अनुसार काम भइरहेको छ – अध्यक्ष रावत क्षेत्रीले भनिन।
गढवा गाउँपालिका भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकोले कृषकहरूसंग २० किलो भन्दा कम तौलको खसी ४सय ७० रूपैयाँ प्रतिकिलो, २० देखि ३० किलो सम्मका ५ सय ३०रूपैया प्रतिकिलो, ३० देखि ४० किलो तौल सम्मको ५ सय ४० र ४० किलो भन्दा माथीका बोका ५ सय ५० रूपैया प्रतिकिलोको दरले घरआगनबाटै खरिद गरेको छ । भने बोका ५ सय २० रूपैयाँ प्रति किलोको दरले खरिद गरेर बजारीकरण गर्न लागेको महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष रावत क्षेत्रीले जानकारी दिए ।गाउँघरमा पुग्ने व्यवसायीले आफै मूल्य तोक्ने र खरिद गर्दै आउँदा किसान ठगिने अवस्था थियो । तर अहिले स्थानीय सरकारले खसीबोकाको सामूहिक बजारीकरण गर्न थालेपछि किसानले ढुक्कसँग खसीबोका बिक्री गर्न पाएको गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले बताउँछन ।