© २०२३
प्युठान, ०९ असोज ।
गौमुखी गाउँपालिका–६ लिवाङकी २६ वर्षीय सरिता परियारले तिमल्याहा छोरी जन्माएकी छन् । प्युठान अस्पतालमा मंगलबार १३ मिनेटको अन्तरमा तिमल्याहा छोरीको जन्म दिएकी छिन् । सरिता नर्मल डेलिभरी (साधारण) बाट सुत्केरी भएकी हुन् ।
बिहान ११ बजेर २६ मिनेट जाँदा पहिलो छोरी १ किलो ८ सय ग्राम तौल, ११ बजेर ३५ मिनेटमा २ किलो र ११ बजेर ३९ मिनेटमा २ किलो एक सय ग्राम तौल रहेकी छोरीको जन्म दिएकी हुन् । तीन वटै छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुत्केरी व्यथा लागेपछि लिवाङ स्वास्थ्य चौकीमा पु¥याइएको थियो । स्वास्थ्य चौकीले प्युठान अस्पताल रिफर गरेको हो । स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे–युजिसी) गराउँदा दुई वटा बच्चा देखिएको भनिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी