© २०२३
बुटवल, ०९ असोज । भदौमा जन्मदिन मनाएका विष्णु प्रसाद पौडेल ५४ वर्ष पुगे । मोफसल फुटबलका उनी पर्यायवाची हुन । १४ वर्षको उमेरमा फुटबल शुरु गरेका उनी ४० वर्षसम्मदेखि निरन्तर सक्रिय छन । मोफसलका सबै जसो फुटबल प्रतियोगितामा उनी पुग्छन । कुनै बेला आफ्नो टिमको पोष्टमा खम्बा रहेका उनी अहिले भने फुटबल मैदानमा निर्णायकको भूमिका र रेफ्रीको भुमिकामा हुन्छन । हेर्दा खेलाडी झै फिट र अग्लो कदका उनी कुनै बेलाका राम्रो गोलकिपर थिए । उनको फुटबल मैदानमा दौडाईकै कारण शारीरिक रूपमा स्वस्थ्य छन । उनी बिसं २०२७ साल भदौ १४ गते चिडियाखोलामा जन्मिएका हुन । सानैदेखी उनलाई फुटबलमा रुचि थियो । तत्कालिन समयमा बुटवल बहुमुखी क्याम्पसको खेलमैदानमा बिहान साँझ खेल खेल्ने गरिथ्यो । उनी पनि त्यहीँ फुटबल खेल्थे ।
अग्लो खाईलाग्दो ज्यान र फुटबलप्रतिको मोहमा उनी परे । १४ वर्ष उमेर समूहमा उनी छनौट भएर अन्तर माबि फुटबल प्रतियोगिता काठमाडौंमा खेल्ने अवसर पाए । उनलाई खेल खेलेको हिजो झै लाग्छ । उनि बि.सं.२०४२ सालमा स्थापना भएको मोफसलकै चर्चित गोर्खा ब्यायज स्र्पोटस क्लब बुटवलको संस्थापक सदस्य तथा खेलाडी (गोलकिपर) समेत हुन । गोर्खा ब्यायज हुँदै रूपन्देही—११, तेस्रो राष्ट्रिय खेलकुदमा साबिकको लुम्बिनी अंचलबाट गोलकिपरको रूपमा खेल खेले । यसैगरि काठमाडौं ब्यायज स्र्पोटस क्लब (ए डिभिजन) तथा नेपालको पहिलो ब्यवसायिक क्लब म्याजिक मार्बल क्लबको गोलरक्षक समेत रहे । उनि लुम्बिनी—११ को गोलकिपर समेत रहे । अहिले उनि भेट्रान्स गोलकिपर भएका छन् ।
‘फुटबलको क्रेज अचम्मको थियो,’ उनी सम्झन्छन । आफ्नो समयमा नेपालभित्र मात्र होईन छिमेकी भारतमा समेत खेल खेल्न जान्थे । नेपाली टिमको खेल भारतमा निक्कै मन पराउने उनी सुनाउँछन । ‘अहिलेजस्तो मोबाईल र फोनको जमाना थिएन,’— उनले भने । साथीहरू भेट हुने र हप्ता दिनसम्म भारत खेल्न जाने गरेको उनले बताए । केही समय भारतको ब्ल्याक डायमण्ड स्र्पोटस हस्टन उडिसामा अनुबन्धित भएर ईण्डियन आर्मी दिहित फुड कर्पोरेसनबाट समेत गोलकिपरको रूपमा खेल खेलेको उनी बताउँछन । फुटबलमा उनको रुचिकै कारण बुबाआमा र परिवारका हरेक सदस्य उनलाई सधै साथ दिन्थे ।
खेल जीवनमा उनको सबैभन्दा अविस्मणीय क्षणका रूपमा भारतमा २०६४ सालमा रेल्वे टिमबाट खेल्दा ११ पेनाल्टीमा ८ वटा रोकेका थिए । नेपालमा भने नवलपरासीको ऐतिहासिक त्रिवेणी कपमा उनले पाच वटा पेनाल्टीमा पाच वटै रोके । अहिले पनि उनलाई ‘पाचमा पाच’ भनेर चिन्ने गरेको उनी स्मरण गर्छन । खेल जिवनमै उनले दुखद घटना पनि सुनाए । ऐतिहासिक नवौ संस्करणको लिस्नु कप खेलाउने क्रममा उनि घाटबाट खाली खुट्टा नै मैदानमा फुटबल खेलाएका छन । भेट्रान्स खेलाडीकै रूपमा बि.सं.२०७८ मा सिमरामा भएको खेलमा उत्कृष्ट गोलकिपर तथा बिसं. २०७९ सालमा चितवनमा भएको प्रतियोगितामा ३ खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । उनका समकालिन खेलाडीहरू मकर थापा, श्रीमान गुरुङ, हेम बुढाथोकी, राजकुमार थापा (बसन्त), मधु कार्की, हिमाल थापा, बाबुराम (कालापहाड), यमप्रताप (डासु), टोप थापा, ओम थापा, बिजन गुरुङ, धिरु गुरुङ, उपेन्द्रमान सिह, हरि खड्कासंग खेल खेलेको उनी बताउँछन ।
फुटबलमात्र होईन उनि क्रिकेट र हक्की खेलमा समेत राम्रो दख्खल राख्थे । जनकपुरमा सम्पन्न भएको तेस्रो राष्ट्रिय खेलकुदमा क्रिकेटरका रूपमा उनी साबिकको लुम्बिनी अञ्चलबाट फास्ट बलरको रूपमा खेल प्रदर्शन गरे । यसैगरि जलेश्वरमा भएको राष्ट्रिय हकीमा पनि उनि लुम्बिनी अंचलबाट हक्कीको गोलकिपरको रूपमा खेले । १४ वर्ष हुदा फुटबल शुरु गरेका पौडेल ५४ वर्ष पुग्दा फेरिएको भूमिकामा छन । पौडेल बेलाबेला भेट्रान्स खेलाडीका रूपमा मैदानमा पोष्टमा पुग्छन त अधिकांश समय रेफ्री पेशालाई अंगालेका छन । उमेर बढ्दै जादा उनको शारीरिक परिवर्तन आए तर फुटबलप्रतिको मायाले भूमिका फेर्दै यसैमा रमाएका छन । घरका भित्ता मायाका चिनोले ढाकिएका छन । ‘मेरो चार दशकको कमाई यही हो ।’—उनी गर्वका साथ भन्छन । ‘फुटबलमा लागेर मैले पाएको माया मेरो लागि करौडौ सम्पत्तिभन्दा ठूलो छ ।’—उनले थपे । फुटबलबाट जिवन जिउन सिकेको उनी बताउँछन । उनी देशका हरेक कुनाकाप्चामा पुगे ।
‘पाचमा पाच’ र ‘बिबादरहित रेफ्री’
फुटबल खेल फिजिकल खेल हो । दुई टिमका खेलाडीहरू बिच खेलिने खेलमा बिबाद आउने गर्छ । विश्वका ठूलाठूला खेलहरूमा पनि बेलाबेला बिबाद देखिने गरेको छ । टफ गेम र खेलाडीहरूको आचरणका कारण रेफ्रिहरू बाध्य भएर कार्डको प्रयोग गर्दा बिबाद बढेका धेरै घटनाहरू छन । खेलाडीहरू अपिल गर्दा पनि रेफ्री धैर्य हुनुपर्ने उनी बताउँछन । पहिलेको तुलनामा अहिले खेल खेलाउनु चुनौतीसंगै प्रविधिको कारण सहज बनेको उनको दाबी छ । नेपालको प्राय सबै ठाउमा कुशलतापूर्वक खेल सम्पन्न गरेका छन । खेलाडी अपिल गर्दा मुस्कानसहित सम्झाउने र समस्या समाधान गर्ने उनको बानीका कारण पनि उनी बिबादरहित रेफ्री को पहिचान बनाएका छन । मोफसलका अधिकांश खेल मैदानका साथै विदेशी भूमिमा समेत रेफ्रीको भूमिका निभाएका छन ।
गोर्खा ब्यायज क्लब बुटवलको खेलाडी, प्रशिक्षक हुदै निवर्तमान महासचिव, एन्फा एकेडेमी बुटवलको निवर्तमान महासचिव, रूपन्देही ११, आहा रारा गोल्डकप, बुढासुब्बा गोल्डकप, भोजपुर गोल्डकपमा प्रशिक्षक, महाबिर क्लब, काठमाण्डौको बिसं.२०६२ मा मुख्य प्रशिक्षक, नेपालको मोफसलमा तालिम प्राप्त रेफ्रीहरूको कमी पुरा गर्न २०५० सालबाट रेफ्री पेशामा संलग्न रहेको उनी बि.सं.२०५६ सालमा एन्फा लाईसेन्स लिन सफल भए । बिसं २०११ मा काठमाडौँमा फिटनेश पास गरि राष्ट्रिय फुटबल रेफ्रीको मान्यता पाएका हुन ।
भर्खरमात्र उनि युरोपमा फुटबल खेलाएर फर्किएका छन । ‘युरोपमा खेल खेलाउने पहिलो अन्तराष्ट्रिय फुटबल रेफ्री बन्न पाउँदा धेरै खुशी छु ।’— उनले भने । रूपन्देहीमा खेलाडी उत्पादन, रेफ्री उत्पादनमा विशेष योगदान गर्ने लक्ष्यसहित एकेडेमी संचालन गरेर अघि बढेका उनी पछिल्लोसमय आर्थिक कठिनाई भोगेका छन । पछिल्लोसमय उनि बासगढी लौकाहामा बस्दै आएका छन । बुद्धभुमी फुटबल एकेडेमीको डाईरेक्टर रहेर खेलाडी उत्पादनमा लागेका छन । दानापुर देखि डेनमार्कसम्म रेफ्रीको यात्राको क्रममा धेरै अनुभवहरू हासिल गरे । उनले गत जुलाई २२ देखी २७ सम्म भएको प्रतिष्ठित डाना कप युथ फुटबल च्याम्पियनसिपमा रेफ्रीका रूपमा अनुभव लिएर फर्किए । जहा विश्वका ४५ देशका एक हजार भन्दा बढी युथ फुटबल टिमहरूले भाग लिएका थिए । सन १९८२ देखी निरन्तर डाना कप हुदै आएको ईतिहास छ ।
फुटबल खेल फिजिकल खेल हो । खेल्दा अलिअलि चोटपटक लाग्छ । उमेर समुहबाट खेलमा छिरेका उनि ब्यवसायिक खेलाडी, भेट्रान्स खेलाडी हुदै अहिले राष्ट्रिय फुटबल रेफ्रीको भूमिकामा छन । ‘स्वास्थ्यले साथ दिएसम्म फुटबलमै रमाउने, फुटबलमै मर्न चाहन्छु ।’— उनले भने ।