© २०२३
कपिलवस्तु, ८ असोज । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तिलकराम यादवको निधन भएको छ । भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो ।
मस्तिष्कको ट्युमरको उपचारका लागि अस्पतालको भेन्डिलेटरमा उपचारका क्रममा राखिएका उनको निधन भएको खुल्न आएको छ । दिल्लीको एपोलो अस्पतालमा उपचाररत वडा अध्यक्ष यादवको मंगलबार साँझ निधन भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए । ६८ बर्षिय यादव नेपाली काँग्रेस पार्टीबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । वडा अध्यक्ष यादवको निधन प्रति नेपाली काँग्रेस कपिलवस्तुका पुर्व जिल्ला सभापति राजेश आचार्य र पुर्व जिल्ला सचिव सुरेश शर्माले गहिरो शोक व्यक्त गरेका छन ।