© 2026
बुटवल, ८ असोज ।
लायन्स क्लव अफ बुटवल स्टार्स को आठौं चार्टड् नाईट कार्यक्रम गरिएको छ । तिलोत्तमाको ड्राईभर टोलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लायन्स क्लव डिष्ट्रिक २३५ पीका गभर्नर पुरुषोत्तमभक्त प्रधानांगले छोटो समयमा नै लायन्स स्टार्सले समाजमा उदाहरणीय काम गरेको भन्दै जसको सिको अन्य क्लवले पनि गुर्नपर्ने बताएका थिए ।
उनले लायन्स क्वले विभिन्न समस्या समाधानको लागि लाग्नुपर्ने धारणा राखेका थिए । सामाजिक उद्यमशिलताको थिम अनुसार अहिलेको लायन्स क्लव चलिरहेको बताउँदै उनले सोही योजना अनुसार अगाडी बढ्नको लागि आग्रह गरेका थिए । जिएमटी जीएमए मिसन १.५ का संयोजक अरुण प्रताप राणाले लायन्सबादको नारा भित्र रहने जो कोही पनि विश्वकै उत्कृष्ट नागरिकको रुपमा पहिचान बनाउन सफल हुने बताएका थिए ।
डिष्ट्रिक फष्ट भिडिजी बालाराम भट्टराईले सबैको सहकार्यमा सामाजिक उत्तरदायित्व सहितको कार्यक्रम गर्न आवश्यक रहेको भन्दै हाल भैरहेको कार्यको उच्च सह्राहना गरेका थिए ।
सेकेन्ड भिडिजी सन्दी कसौधनले लायन्स आफैमा पवित्र संस्था भएको भन्दै यसले गर्ने हरेक कामको अनुसरण अन्यले पनि गर्नुपर्ने धारणा राखे । पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स तथा ननलायन्सको सहकार्यमा सामाजिक विकासमा योगदान दिनुपर्नेमा जोड दिएका थिए ।
एरिया ३ का एरिया चिफ शान्ति पाठक पाण्डे, लायन्स अध्यक्ष भुपेन्द्र अर्याल लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा लायन्स क्लव अफ बुटवलका पुर्व अध्यक्ष एम.एल. पाण्डेलाई सम्मान गरिएको थियो । कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष राजन जिसीले लायन्सको मर्म, मुल्य मान्यताको बारेमा प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए ।
क्लवका पुर्व अध्यक्ष तथा डिष्ट्रिक सेकेण्ड भिडिजी सन्दिप कसौधनको जन्मदिनको अवसरमा केक काटेर सेलिब्रेसन समेत गरिएको थियो । कार्यक्रममा लायन्सका विभिन्न पदमा रहेका खेम हमाल, विनोद खरेल, दिनेश प्रसाद श्रेष्ठ, अनिल प्रसाद श्रेष्ठ, अर्चित श्रेष्ठ, आशिष कृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लायन्स क्लव भित्रका छोराछोरीहरुको परम्परागत नृत्य समेत प्रस्तत गरिएको थियो । क्लवको चार्टड नाईट्स समारोहमा विभिन्न विधामा सहयोग प्रदान गर्ने विभिन्न व्यक्ति, समूह, संघ संस्थालाई अध्यक्ष भुपेन्द्र अर्याल सहितले सम्मान गरेका थिए । सोही अवसरमा तयार पारिएको डाईरेक्ट्री समेत विमोचन गरिएको क्लवका सचिव रामबहादुर साहीले जानकारी दिए ।