ट्रेंडिंग:

>> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक >> काममा हिडन थाले सैफ अली >> दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता >> अमेरिकाबाट अवैध आप्रवासी फर्काउन कोलम्बिया सरकार तयार >> काठमाडौंमा ३९ लाख नगदसहित एक जना पक्राउ >> पाल्पाका दश हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने >> सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो >> सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने >> ओस्कार ट्रफीमा देखिने मूर्ति कस्को हो त? रोचक कुरा जान्नुहोस् >> हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’ >> अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ >> भन्सार राजस्व चुहावट रोक्न जोड >> अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस् >> न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा >> ‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला >> मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक >> अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलः पर्यटनको ढोका >> पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> सत्तारुढ दलको बैठक बस्दै >> करोड धरौटी बुझाएर छुटे रवि >> खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह >> रविबारे रुपन्देही अदालत- आरोपितले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन >> ताल परिसरमा बनेको टहरा हट्यो >> रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश >> आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता >> २८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान >> भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता उपलब्ध >> रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने >> नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै >> सेनाको फोटो तथा वृहत प्रदर्शनी

हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

काठमाडौँ ।

हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन्।

अब निरन्तर चलचित्र निर्माणमा लाग्ने उनको योजना रहेको छ। सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

नबिन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रहरुलाई देखाईएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरुले तानातान गर्दै गरेको देखाईएको छ। चलचित्रको फर्स्टलुक संगै प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ। चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।

‘फिरफिरे फिरिरी’ चलचित्रको नाम पहेलो रंगले हाईलाइट गरिेको छ जस्मा स्लोगन आज साईकल.. भोली फरारी लेखिएको छ।  यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा  जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।

चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?