ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन जनमुक्तिका थापालाई

९ कार्तिक २०७९, बुधबार
९ कार्तिक २०७९, बुधबार

बुटवलं, ९ कात्तिक ।

रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएका केशवबहादुर थापालाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ । आफ्नो उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै उम्मेदवारबिहीन बनेको सत्ता गठबन्धनले जनमुक्तिका थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।

गठबन्धनका उम्मेदवार बनेका नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएको थियो । बुधवार गठबन्धन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

गुरुङलाई बैंकिङ कालोसूचीमा परेको भेटाएपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो तर उनी सर्वोच्च गएका थिए । तर सर्वोच्चले पनि आयोगको निर्णय सदर गरिदिएपछि बिलखबन्धनमा परेका गठबन्धन दलका शीर्ष नेताले जनमुक्तिका उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेसले केही दिनदेखि यो विषयलाई चलाखीपूर्वक अगाडि बढाएको थियो । रुपन्देही ३ मा उम्मेदवार बनेका कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाडको क्षेत्रमा जनमुक्तिका मत करिब ४ हजार हाराहारीमा भएकाले पनि त्यो क्षेत्र सुरक्षित बनाउन २ नं मा जनमुक्तिलाई समर्थन गरेको कांग्रेस नेताले बताएका छन् ।

रुपन्देही २ मा उम्मेदवारी दिएका जनमुक्तिका थापा सो पार्टीको केन्द्रीय कार्यकारी उपाध्यक्ष हुन् । यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । लगातार तीन पटक फराकिलो मतान्तरले चुनाव जितेका पौडेलको अब प्रमुख प्रतिस्पर्धी थापा हुनेछन् ।

२०७४ सालको संसदीय चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा आएको थियो । एमालेका विष्णु पौडेल ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार रुकबहादुर पुनले ३ हजार ६८८ मत पाएका थिए ।

त्यसबेला एमाले र माओवादी एक भएर चुनाव लडेका थिए। गत वैशाखमा भएको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा जनमुक्तिले ११ जना वडा सदस्य लिएर नेकपा एमालेसँग तालमेल गरेको थियो। तर एउटा वडा सदस्य मात्र जित्न सक्यो ।

यहाँ अब एमाले उपाध्यक्ष पौडेलसँग गठबन्धनको समर्थन लिएका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापासहित केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन् ।

जसमा नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बिपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् ।

यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार रहेका छन् । यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भए १६ जना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?