ट्रेंडिंग:

>> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

काठमाडौं ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरिएको छ। प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडैलले सुवेदीलाई सो सम्मान प्रदान गरेका हुन् ।

नेपाली पत्रकारिताको व्यावसायिक अभ्यासमा साढे दुई दशकभन्दा बढी योगदान पुर्याएको साथै गोरखापत्रलाई डिजिटल युग सुहाउँदो सुधार तथा परिवर्तन गर्दै गोरखापत्र संस्थानलाई आत्मनिर्भर तथा थप व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै सरकारी सञ्चार माध्यमका पदाधिकारीमध्येबाट कार्यकारी अध्यक्ष सुवेदीलाई यो सम्मान प्रदान गरिएको हो।

सुवेदीसँगै अन्य अग्रज तथा वरिष्ठ संचारकर्मीलाई यो सम्मान प्रदान गरिएको छ। पत्रकारिता तथा आमसञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल उत्तीर्ण सुवेदी यसअघि भ्रष्टाचारविरुद्ध खोजमूलक पत्रकारिताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट पुरस्कृत भएका थिए । साथै उत्कृष्ट युवा पत्रकारिता पुरस्कारलगायत अन्य सम्मान पनि उनले हासिल गरेका छन् ।

राष्ट्रियस्तरका सञ्चार संस्थामा नेतृत्वदायी भूमिकासहित पत्रकारिताको व्यावसायिक अभ्यासमा क्रियाशील सुवेदी तीन वर्षदेखि गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष हुन् ।

गोरखापत्र संस्थानलाई डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा सुवेदीले नयाँ कार्ययोजनासहित गोरखापत्रको ‘स्मार्ट यात्रा’ सुरु गरेका थिए ।

सुवेदीले नेतृत्व समालेपछि संस्थानमा आन्तरिक सुधारसँगै प्रकाशन तथा सम्पादकीय उत्पादनको प्रस्तुति एवं गुणस्तरमा अभिवृद्धि एव पहुँच विस्तार गरेर संस्थाको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ।

संस्थानसँग उपलब्ध स्रोत साधन तथा जनशक्तिको प्रभावकारी परिचालन गरेर संस्थालाई आर्थिकरुपमा आत्मर्निभर र दिगो बनाउन सुवेदी नेतृत्वको समूहले अघि बढाएको व्यापार प्रवर्द्वन तथा आम्दानी वृद्धिको नयाँ रणनीति र कार्ययोजनाको परिणामस्वरुप गोरखापत्र संस्थान अहिले नाफामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?