© २०२३
नेपालगन्ज, ०७ असोज ।
भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन लथिएटरबाट शलाईभ ल्यक्रिया सेवा दिन सुरु गरेको छ । नयाँ भवनमा निर्माण गरिएको उक्त शल्यक्रिया कक्षको वरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गरे ।
घुँडाको भित्री भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय एक युवकको शल्यक्रिया गरेर प्रा.डा.जोशीले सो नयाँ भवनको अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन गरेका हुन । अस्पतालका प्रमुख डा. थापाका अनुसार सो शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा.डा. जोशीले भेरी अस्पतालमै सञ्चालन भइरहेको कार्यशालाका सहभागी भएका आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरूसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए ।
त्यस क्रममा सर्जनहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए भने प्रा.डा.जोशीले जवाफ दिएका थिए । करिब एक घण्टा लगाएर सो शल्यक्रिया गरिएको थियो । अस्पताल प्रमुख डा. थापाले भने– ‘‘लिगामेन्टको शल्यक्रिया भेरी अस्पतालमा यसअघि पनि भइरहेका थिए । तर अबदेखि शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको छ । भेरी अस्पतालमा सञ्चालन भइरहेको आर्थोस्कोपी कार्यशालामा देशभरका आर्थोस्कोपी र आर्थोपेडिक सर्जन गरी ७० बढी चिकित्सकहरू सहभागी भएका थिए । कार्यशालामा उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरूलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयमा पनि विस्तृत छलफल भएको नेपालगन्जका वरिष्ठ अर्थोपेडिक सर्जन डा. तीर्थेन्द्र खड्काले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी