ट्रेंडिंग:

>> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

कुमाख गाउँपालिकामा युवाहरूले लगाए ताला, कर्मचारीमाथि अभद्र व्यवहार गरेको गाउँपालिकाको आरोप

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

सल्यान, ०७ असोज ।
सेवा प्रवाह तथा कार्यसमपादन क्षेत्रमा अनेकौ समस्या देखिएको भन्दै स्थानीय युवाहरूले सल्यानको कुमाख गाउँपालिकामा तालाबन्दी गरेका छन् । पालिकामा पटक पटक ध्यानाकर्षण पत्र तथा अपिल पत्र बुझाउदा पनि युवाहरूका समस्या समाधान तर्फ पालिका उदासिन भएको भन्दै तालाबन्दी गर्नु परेको युवाहरूले बताएका छन् । गाउँपालिकाबाट हुने नियमित सेवा, कार्य सम्पादन कानुनको अधिनमा रहि छिटो छरितो हुनु पर्नेमा झन्झटिलो र स्वइच्छाचारी ढंगले अघि बढेकाले बाध्य भएर पालिकाको मूल गेटका साथै अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नु परेको युवाहरूको नेतृत्व गरेका युवराज खड्काले जनाए ।
युवा परिषद् गठन गर्नु पर्ने, सामुदायिक तथा संस्थागत विद्यालयमा नियमित, अनुगमन, सुपरिवेक्षण, निर्देशन तथा कारवाही जस्ता कार्यलाई कडाईका साथ कार्यन्वयन गर्नु पर्ने, नियमित रूपमाम सरल तथा कानुनले तोकिएकै समयावधि भित्र झन्झट मुक्त सेवा प्रवाह हुनु पर्ने, कार्यसम्पादन तथा सेवा प्रवाहका क्षेत्रमा देखिएका समस्या समाधानका लागि द्रुत गतिमा निकास दिन छलफल अन्तरक्रिया गर्नु पर्ने, नागरिक र स्थानीय तहलाई नजिक तुल्याई सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणमा चुस्तता कायम गर्न नियमित अन्तरक्रिया, सुझाव ग्रहन, गुनासो सुन्ने र समाधान गर्ने प्रक्रियाको थालनी गर्नु पर्ने, लगायतका मागहरू पटक पटक गाउँपालिकामा बुझाएको भए पनि अहिले सम्म कुनै सुनुवाई नै नभएको अर्का युवा पुस्कर पन्थको भनाई छ ।
यस्तै नियम बमोजिम प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृतलाई सम्बन्धित मन्त्रालयले खटाइसकेपछि काम गर्ने वातावरण र्सिजना गर्नु पर्ने, राज्यको स्रोतलाई सहि ढंगले परिचालन गर्नु पर्ने, स्थानीय युवा निति तयार गरी युवाहरूको सिप विकास, सशक्तिकरण, क्षामता विकास तथा उद्यमी बनाउन नेपाल सरकार तथा अन्य साझेदार निकायले अघि सारेका युवा विकासका कार्यक्रमका लागि समन्वयकारी भूमिका खेल्नु पर्ने, वडास्तरमा युवा क्लव गठनलाई प्राथमिकता दिनु पर्ने लगायतका मागहरू रहेका छन् ।

गाउँपालिकाद्वारा वार्ताका लागि आह्वान, गुन्डागर्दी गर्नेलाइ कारवाहीको माग
यसैविच कुमाख गाउँपालिकाले एक सूचना र एक विज्ञप्ती जारी गरेको छ । एक सूचनामा युवाहरूलाई वार्तामा आउन आग्रह गरिएको छ भने अर्काे विज्ञप्तीमा युवाहरूको हुल हुज्जतले गुण्डागर्दी शैलीमा कर्मचारीलाइ गालीगलौज र अभद्र व्यवहार गर्दै तालाबन्दी गरेकाले कारवाहीको माग गरिएको छ । गाउँपालिकाले समस्या समाधानका लागि सोमबार पहिलो चरणमा वार्ताका लागि आग्रह गरेको हो । वार्ताका लागि आग्रह गरेकाले मूल गेटमा लगाएको ताला खोलिएको युवराज खड्काले बताए । तर अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षममा लागेको ताला भने वार्ता निष्कर्णमा नपुगेसम्म नखोलिने उनले जनाए ।
यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्काले एक विज्ञप्ती जारी गर्दै करिव २५÷३० जनाको हुल हुज्जतले पूर्व जानकारी बिना गाउँपालिका कार्यालयमा प्रवेश गरी गुन्डागर्दी शैलीमा तालाबन्दी गरेर कर्मचारीमाथी अभद्र व्यवहार गरेको भन्दै कडा कारवाहीको माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत समेत कार्यालयको कामकाजमा कार्यालय बाहिर गएको अवस्थामा गुण्डागर्दी शैलीमा कर्मचारीहरूका प्रत्येक शाखामा प्रवेश गरी त बाहिर निस्के, त को होस भन्ने जस्ता अराजक भाषा शैलीमा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई बाहिर लखेटी मान मर्दन, इज्जत, प्रतिष्ठामा आँच आउने गरी कर्मचारीहरूलाई आक्रामक शैलीमा बाहिर निकाली प्रत्येक शाखा र मुल ढोकामा समेत तालाबन्दी गरी बिना कारण कर्मचारीहरूलाई गाली बेइज्जती समेत गरी अभद्र व्यवहार गरेको हुँदा यस्ता प्रकारका क्रियाकलापले समग्र कर्मचारी प्रशासनलाई कमजोर बनाउने भएकाले निज युवराज खड्का र निजकी नेतृत्व समुहका अन्य व्यक्तिहरूलाई समेत कानुन बमोजिम कडा कारवाहीका लागि सम्बन्धित निकायमा जोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?