ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त

२ आश्विन २०८१, बुधबार
२ आश्विन २०८१, बुधबार

बुटवल, २ असोज ।

झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औं संस्करण आज सुरु हुँदैछ । झरना स्पोर्टर्स क्लबको आयोजनामा स्वर्गीय खगी गुरुङसेनीको पुण्य स्मृतीमा हुने प्रतियोगिताको उद्घाटन खेल बुटवलको गोर्खा ब्याईज क्लब र गतवर्षको विजेता भुपु सैनिक युवा क्लबबिच हुने भएको छ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए । ‘हामी खेलमैदानमा रहेर सबै तयारी पुरा गरेका छौ’— उनले भने । तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदान आकर्षक बनाइएको छ । करिब चार–पाँच महिना अघिदेखि मैदानलाई हरियाली बनाउने क्लबका पदाधिकारीहरु आफै खटिएका हुन् । ‘कुनै किसिमबाट ग्राउण्डमा कमजोरी छैन’—उनले भने । आयोजकले यसपटक खेलमैदानदेखि उत्कृष्ट टिमहरु, अतिथि सत्कार, पार्किङ ब्यवस्थापनलाई ध्यान दिएको उनले बताए । ‘विजेता टिमले नयाँ डिजाईन गरिएको आकर्षक रनिङशिल्ड चुम्ने छन्’—उनले भने ।

लाहुरेहरुका दशैं खेल हुँदै ‘झरना कप’ सम्मको इतिहास

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कुन्जलापार्क क्षेत्र लाहुरे बस्तीको रुपमा चिनिन्छ । सो क्षेत्रका अधिकांश बासिन्दा भारत र युके आर्मीमा जागिरे छन् । झरनाको इतिहास यिनै लाहुरेबाट सुरु भएको मानिन्छ । करिब २०२९ सालतिर उमा निमाविको मैदानमा केही लाहुरेहरु विदेशबाट दशैंमा छुट्टीमा फर्किदा फुटबल खेल्ने गर्थे । लाहरेहरुले जुत्ता, फुटबल ल्याउने प्रचलन रहेको थियो । त्यही फुटबललाई मिलेर खेल्दाखेल्दै वि.सं. २०३९ सालमा संगठित भए । दशै विशेष प्रतियोगिताका रुपमा झरना कप खेलिन थाल्यो । भारत नौतनहवा, सुनौलीबाट कप, शिल्ड, मेडल ल्याएर दशैंमा खेल्ने गरेको क्लबका पूर्वअध्यक्ष लोक पुन बताउँछन् । ‘बिस्तारै फुटबलको क्रेज बढ्दै गयो’—उनले भने । क्लव ब्यवस्थित बन्दै प्रतियोगितालाई ब्यवस्थित गर्ने काम भएको उनले बताए । अहिलेको अवस्थासम्म आउन क्लबका संस्थापक, पूर्वअध्यक्षहरुको धेरै ठुलो योगदान रहेको उनी बताउँछन् ।

वि.सं. २०५२ मा जिल्ला फुटबल संघमा दर्ता भयो । क्लबको उपलब्धिलाई केलाउँदा जिल्ला लिगको च्याम्पियन, एन्फा फुटबल लिगमा सहभागिता, प्रदेशस्तरीय फुटबलमा दोस्रो, विगत २ वर्षअघिसम्म प्रदेशभरिकै धेरै प्रतियोगितामा भाग लिएर सफलता हासिल गरेको छ । यतिमात्र होईन राष्ट्रिय खेलाडीहरु निशान सुनार, शिव गुरुङ (डेभिड), शेरबहादुर गुरुङका साथै भारतीय आर्मीको राष्ट्रिय टिममा खेल्ने धेरै खेलाडीहरु उत्पादन गरेको उनी बताउँछन् । अहिले पनि भारतकै राष्ट्रिय टिममा खेलेका खेलाडीलाई प्रशिक्षकका रुपमा भित्र्याएर ग्रासरुट विकासमा क्लब लागेको छ । प्रशिक्षक निल प्रसाद छन्त्यालले ४ वर्षदेखि साँझमा खेलाडीहरुलाई प्रशिक्षण गराउँदै आएका छन् । क्लब खेलमात्र नभई सामाजिक उत्तरदायित्वमा समेत सधै अग्रसर रहेको छ । शिक्षा, स्वस्थ्यमात्र नभई अन्य समुदायको विकासमा सधै हातेमालो गर्दै अघि बढेको छ । क्लबको अगुवाईमा कुन्जपार्कलाई नमुना पार्क बनाउन सफल भएको छ ।

१ हजार ६ सय दर्शक अट्ने प्याराफिट

झरनामा यसपटक करिब ६ सय अट्ने नयाँ स्थायी प्याराफिट निर्माण भएको छ । यसैगरी १ हजार दर्शक अट्ने अस्थायी प्याराफिट समेत बनाइएको छ । दर्शकको सुविधालाई विशेष चासो दिएर यसपटक छोटो तयारीमा नै १८ लाख रुपैयाँ लागतमा उत्तरतर्फ आकर्षक स्थायी प्याराफिट तयार गरेको क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए । प्रतियोगिता सम्पन्न गर्न २२ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

खेल संयोजक विजय पुनले प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैयाँ, आकर्षक रनिङशिल्ड, प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिने बताए । यसैगरी उपविजेता टिमले १ लाख ८१ हजार रुपैयाँ, कप तथा सेमिफाईनलमा पुग्ने दुई टिमलाई जनही नगद २५ हजार रुपैयाँका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार ट्रफी,
प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाइ १५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा आयोजक झरना स्पोर्ट्स क्लब, सम्पूर्ण युवा क्लब, लिस्नु युवा क्लब, नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार, न्यू सिर्जना युवा क्लब, गोर्खा ब्याइज क्लब, जनज्योति एफसी, देवदह ब्यायज, फुलबारी गाईज, योग स्टार एफसी, कपिलबस्तु —११, भैरव एफसी, बालिङ युनाईटेड, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, भुपु सैनिक युवा क्लब गरि १६ टिमले प्रतिस्पर्धा गर्ने उनले बताए । क्लबका पूर्व अध्यक्ष लोक पुनले ब्लड क्यान्सरको उपचार गरिरहेका युवा खेलाडी अंकितलाई सहयोग गर्ने समेत बताए । सवारी पार्किङबाट उठेको शुल्क ‘अंकत बचाउ अभियान’ मा लगाईने हँुदा यसमा सबै अतिथिहरुबाट सहयोग गर्न समेत उनले आग्रह बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?