© २०२३
बुटवल, ०२ असोज ।
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशै–तिहार र छठ पर्व लक्षित गरेर “इसेवा महा–उत्सवः इसेवाको कारोबारमा नामी को दामी कार ’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।
यसका साथै, रु.१०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन् । मात्र रू.१०० मा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन ।
साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरूः मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ । यी अफरहरूबारे थप जानकारीहरू इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिनेछ ।
इसेवा बारे इसेवा लि. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि., सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन्। यस कम्पनीसँग १ करोड भन्दा बढि दर्ता भएका ग्राहकहरू, २५०,००० भन्दा बढि एजेन्टस् ४९ बैंकहरू, ४५ लघुवित्तहरू, २२०० भन्दा बढी ई सेवा क्यास पोईन्ट तथा ३५०,००० भन्दा बढि मर्चेन्टहरू आवद्ध रहेका छन ।