© २०२३
सुनवल, १ असोज ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र अस्पतालको न्युनतम सेवा मापदण्डमा सुधार भएको छ । विगत केही वर्ष देखि विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा सेवाप्रवाहमा सुधार गर्दै आएको अस्पतालले गत आर्थिक वर्षमा ७ प्रतिशतले न्यूनतम सेवा मापदण्डमा सुधार गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले न्यूनतम सेवा मापदण्डमा ८९ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा ८२ प्रतिशत अंक अस्पतालले न्यूनतम सेवा मापदण्डमा प्राप्त गरेको थियो । अस्पतालमा विशेषज्ञ सेवामा वृद्धि, २४ सै घण्टा सेवाप्रवाह लगायतका विभिन्न पूर्वाधार विकास र सेवाप्रवाहमा सुधार भएकाले न्यूनतम सेवा मापदण्डमा पनि सुधार देखिएको अस्पतालका मेडिकल अधिकृत किरण पाण्डेले जानकारी दिए ।
पाण्डे यसअघि अस्पतालको निमित्त प्रमुख सुपरिटेन्डेन्टको रुपमा कार्यरत थिए । लुम्बिनी प्रदेश मातहत रहेका अस्पताल मध्ये पृथ्वी चन्द्र अस्पताल छैठौँ स्थानमा छ । लुम्बिनी प्रादेशिक अंस्पताल ८८ अंकका साथ सातौँ स्थानमा छ । ९६ अंकका साथ बर्दिया अस्पताल पहिलो स्थानमा रहदा कपिलवस्तु अस्पताल ९४ अंकका साथ दोस्रो, गुल्मी अस्पताल ९१ अंकका साथ तेस्रो भएको छ भने भालुवाङ अस्पताल ३९ अंकका साथ प्रदेशकै कमजोर सेवाप्रवाह भएको अस्पताल ठहरिएको छ ।
अस्पतालमा सेवालिने विरामिको संख्या वृद्धि भएपनि अस्पतालमा सुत्केरी हुनेको संख्या भने कम छ । यस क्षेत्रमै धेरै सुत्केरी हुने अस्पतालमा पर्ने पृथ्वी चन्द्र अस्पतालमा सुत्केरी गराउने महिलाको संख्यामा कमी आएको हो । गत आर्थिक वर्ष २०८१÷०८२ मा कुल ६० हजार ४ सय २२ जनाले बहिरांग सेवा लिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षमा ५१ हजार ३ सय ६५ थियो ।
सुत्केरी हुने महिलाको संख्या गत एक वर्षमा ९ सय ३० जना छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा १ हजार १ सय ५९ थियो । पृथ्वी चन्द्र अस्पतालमा सुत्केरी गराउने महिलाको संख्या भने पछिल्ला आर्थिक वर्षमा घट्दो देखिन्छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ५ सय ५० रहेको यो संख्या निरन्तर घट्दो क्रममा रहेको छ । अस्पतालमा विभिन्न समयमा सुत्केरीको मृत्यु लगायतका विषयलाई लिएर हुने समस्याका कारण पनि संख्या घटेको हुन सक्ने आँकलन गरिएको छ । अस्पतालका मेसु डाक्टर होदाले सेवाप्रवाहलाई सुधार गर्दे जाने प्रतिवद्धता व्यक्त गरे । अस्पतालको तथ्याङ्क अध्यावधिकको क्रममा भने धेरै त्रुटि देखिएको छ । सरोकारवालाहरुले अस्पतालाई यस्ता त्रुटि सुधार गरेर जान सुझाव दिएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी